Latest News

२२ गतेदेखि यसरी निजी सवारी साधनलाई पेट्रोल वितरण हुदैछ

काठमाडौं, मंसिर २० । नेपाल आयल निगमले भोलिदेखि नीजि सवारी साधानलाई पनि पेट्रोल वितरण गर्ने भएको छ । तिहारपछि नीजि सवारीलाई पेट्रोल वितरण नगरेको निगमले थानकोट डिपोमा १५ लाख लिटर पेट्रोल मौज्दात रहेको र उपत्यका वाहिरको पम्पबाट ५ लाख लिटर पेट्रोल ल्याउन मिल्ने भएपछि पेट्रोल वितरण गर्न लागेको हो ।

सोमबारदेखि लगातार चार दिन मोटरसाइकललाई पेट्रोल वितरण गरिने जनाएको निगमले मोटरसाइकल र गाडीलाई चार चार दिन पेट्रोल बाँडिने बताएको छ । निगमका थानकोट डिपो प्रमुख रविनकुमार शर्माका अनुसार सवारी साधनको दर्ता हुँदाको लटका आधारमा पेट्रोल दिइने छ । "सोमबार १ देखि २५ लट, मंगलबार २६ देखि ४०, बुधवार ४१ देखि ६० र विहिवार ६१ देखि अहिलेसम्म दर्ता भएका मोटरसाइकलले पेट्रोल पाउनेछन् ।" उनले भने, "चार पांग्रे निजी सवारी साधनले पनि यसरीनै लटका आधारमा पाउने छन् ।"
उनले निजी सवारी साधनलाई पेट्रोल दिन विषयमा आइतबार वाणिज्य मन्त्रालय र निगमकोे छलफल पछि पेट्रोल वितरण गरिने जानकारी दिए ।
Loading...