Latest News

यी हुन् विश्वकै जिउँदो चुडेल बस्ने ६ गाउँ


एजेन्सी–यो वैज्ञानिक युगमा चुडेल हुन्छन् भन्ने कुरा अन्धविश्वास हो । तर, संसरमा यस्ता गाउँ पनि छन्, जहा चुडेल अर्थात् महिला भूत बस्नका लागि भनेर छुटै गाउँ नै तोकियो । अफ्रिकी मुलक घानामा ६ वटा चुडेल बस्ने गाउँ भनेर चर्चित छन् । यी गाउँहरुमा बोक्सी, डायना वा चुडेल भनेर समाजबाट बहिस्कृत महिलाहरु बस्ने गर्दछन् ।

हालै म्यूनिखका एक फोटोग्राफर एन क्रिस्टिने वोएहर्लले यस गाउँका महिलाको जीवनशैली र व्यथितिलाई देखाएका छन् । क्रिस्टिन भन्छन्, ‘चुडेल गाउँमा महिलाहरु झुपडी बनाएर बसेका छन्, वरपर खाली रहेको ठाउँलाई खेत–बारी बनाई काम गरेर खाने गर्दछन् ।’
अफ्रिका महाद्धिपमा यस्ता धेरै देशहरु छन्, ज अन्धविश्वासले जरो गाडेको छ । त्यस्तै घानामा पनि महिलाहरुलाई अन्धविश्वासका कारण चुडेल बनाइन्छन् र समाजबाटै निकालिन्छन् । यति मात्र होइन, कुनै महिलाहरुलाई जिउँदै जलाउने पनि गरिन्छ भने कोही लाई शारीरिक पिडा दिइन्छ । जुन महिलाहरुलाई शारीरिक उत्पिडन दिइन्छ, सहन नसकेर आफ्नो परिवार गाउँलाई नै त्याग्ने गर्दछन् ।
यी महिलाहरुलाई चुडेल बनाउँनुको पछाडि एक अनौठो कारण छ, जसको बारेमा सुनेर तपाई आश्चार्य चकित पार्छौ । यदि कुनै व्यक्ति सर्पले डसेर मरेमा वा कोही व्यक्तिको नदीमा डुबेर मृत्य भएमा त्यहाका महिलाहरुलाई चुडेल वा डायन घोषित गरिन्छ ।
जो महिलालाई चुडेल घाषणा गरिन्छ, उसलाई जिउँदै जलाउने गरिन्छ । त्यसपछि पनि जिउँदो रहेमा आफ्नो घर छोडेर घानाको यस चुडेलको गाउँमा जानैपर्ने हुन्छ । घानामा यस्तो ६ वटा गाउँ छन्, जसमध्ये गांबागा र गुशीगू मुख्य दुई गाउँ हुन् ।
जब आफ्नो गाउँ छोडेर चुडेल गाउँ जान्छन्, ती महिलाहरु आफ्नो पहिचान गुमाइसकेका हुन्छन् । परिवारका सदस्यले पनि उनिहरुलाई भेट्ने कोशिससम् मगर्दैन्न । यस्ता महिलाहरुको संख्या १५ सयभन्दा माथि रहेका बताइन्छ ।
Loading...