Loading...
मुरमैन्स्क सहर विश्वको ३० सहरमध्ये एक हो, जो अर्कटि वृत्तमा पर्छ । ‘अर्कटिक वृत्त’ पृथ्वीको पाँच मुख्य अक्षांश वृत्तमध्ये एक हो । आर्कटिक वृत्त पृथ्वीको उत्तरी गोलार्धमा दक्षिणी अक्षांश हो, जहाँ जून र डिसेम्बर महिनामा सूर्य २४ सै घण्टा क्षितिजको तल–माथि रहने गर्दछ । यस कारण मुरमेन्स्क सहरमा सूर्यलाई देख्न नसकिएको हो ।
यस सहरमा ‘पोलर नाइट’ अर्थात् २४ सै घण्टा सूर्य देख्न नसकिने समय चलिरहेको छ । यस ‘पोलर नाइट’ अवधि जनवरी १०सम्म मानिसहरु सूर्यको दर्शन पाउने छैनन् । यस देशमा ‘पोलर नाइट’ जस्तैगरी प्रत्येक बर्ष मेदेखि जुलाई महिनाबीचमा ‘पोलर डे’ अर्थात् २४ घन्टा सूर्य नअस्ताउने पनि हुन्छ । २२ मेदेखि २३ जुलाईसम्म सूर्य अस्ताउँदैन ।
Loading...
Social Buttons