Latest News

भूकम्प पीडितले विना धितो दुई लाख ऋण पाउने ;कसरी जानीराखौ

काठमाडौं, मङ्सिर २० । दोहारो सुविधा लिन नपाउने अघिल्लो सरकारको निर्णयलाई सच्याउँदै प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले भूकम्प पीडितलाई विना धितो दुई लाख रुपैया ऋण दिने तयारी गरेको छ ।
दुई लाख रुपैया सरकारी राहत पाउनेले सहुलियत ऋण नपाउने अघिल्लो सरकारको निर्णयलाई सच्याउँदै नयाँ सरकारले दुई लाख राहत पाउने भुकम्प पीडितले थप दुई लाख सहुलियत ऋण विना धितो उपलब्ध गराउने तयारी गरेको हो ।
‘सामूहिक जमानीमा दुईदेखि तीन लाख सहुलियत ऋण सामूहिक जमानीमा उपलब्ध गराउने गृहकार्य हुँदैछ’ पुननिर्माण प्राधिकरणको समेत जिम्मेवारी पाएका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडाले  भने ‘दुई लाख रुपैयामा सरकारी मापदण्डको घर बन्दैन भन्ने बुझेर नै सरकारले विना धितो सहुलियत ऋण उपलब्ध गराउनु पर्ने बारेमा गृहकार्य हुँदैछ ।’
खतिवडाका अनुसार यस बारेमा राष्ट्र बैंकले कार्यविधि बनाउँदैछ । यसअघि सरकारले गाउँमा १५ लाख र शहरमा २५ लाख रुपैयासम्म ऋण दुई प्रतिशत व्याजदरमा सम्पति धितो राखेर उपलब्ध गराउने निर्णय गरेको थियो । सरकारले उपलब्ध गराउने दुई लाख रुपैया राहत लिनेले १५ लाख वा २५ लाख रुपैया ऋण लिन नपाउने व्यवस्था गरेको थियो ।
सरकारले चार चरणमा उपलब्ध गराउने दुई लाख रुपैयालाई पनि तीन चरणमा सहज प्रक्रियाबाट उपलब्ध गराउन लागेको छ । ‘यसअघि राहत वितरण गरिएका संयन्त्र मार्फत नै उपलब्ध गराउन खोजिएको छ’खतिवडाले भने । बैंक मार्फत रकम उपलब्ध गराउने अघिल्लो सरकारको निर्णयलाई पनि अहिलेको सरकारले सच्याएको हो ।
अन्नपूर्ण पोस्टबाट साभार
Loading...