Latest News

धारिलो हतियार प्रहार गरी महिलाको विभत्स हत्या

लहान,मङ्सिर २० । धारिलो हतियार प्रहार गरी गएराति सिरहाको मिर्चैयामा एक महिलाको हत्या भएको छ ।
मिर्चेया नगरपालिका– १ निवासी ४० वर्षीया फूलादेवी मण्डलको हत्या भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।
मण्डलको घाँटी र टाउकोमा धारिलो हतियारले प्रहार गरी हत्या गरेपश्चात् फालिएको अवस्थामा शव फेला परेको प्रहरी नायब उपरीक्षक चौधरीले बताए।
स्थानीयवासीले घर नजिकैको रहर बारीमा मण्डलको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्या किन र कसले गरेको भन्ने बारेमा हालसम्म खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको छ ।
Loading...