Loading...
नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै अध्यक्ष यादवले तराई मधेसमा दुई वटा संघीय प्रदेश हुनुपर्ने भन्दै ती जिल्लामा पर्ने पहाड आफूहरूलाई आवश्यक नपर्ने बताउनुभएको हो ।
‘मोरङको पहाड लैजानुस् हामीलाई चाहिएन’, उहाँले भन्नुभयो, ‘अरु जिल्लामा पर्ने पहाड नि लैजानुस् । तराईको मैदान भाग भने संघीय प्रदेशमा रहन्छ ।’
तराई मधेसको सीमाङ्कनलाई लिएर प्रधानमन्त्री केपी ओली र उपप्रधानमन्त्री भीम रावलले दिएका अभिव्यक्तिबाट अध्यक्ष यादव रिसाउनुभएको छ ।
‘प्रधानमन्त्रीले केपी ओलीले सुनसरीमा गएर एउटा वडा पनि टुक्रिँदैन भन्ने । भीम रावलले कैलाली र कञ्चनपुर विभाजन गर्न नदिने ? यस्ता कुराले मधेसीहरूले मान्दैनन् । तराई मधेसमा दुई प्रदेश हुन्छ । गराई छाड्छौँ ।’
भारतले भन्दैमा आफूहरूको आन्दोलन फिर्ता नहुने यादवको भनाइ छ । आफूहरूको आन्दोलनमा भारतीय समर्थन रहेको स्वीकार गर्नुभएका अध्यक्ष यादवले भन्नुभयो, ‘भारतले भन्दैमा हामीले मान्दैनौँ । भारतको शाखा हो र नेपाल ? भारतले भन्दैमा सबै कुरा मान्ने ?’
Loading...
Social Buttons