Latest News

यी हुन् भारतीय दूतावासमा लस्कर लागेर जाने नेताहरु !!!

काठमाण्डु , २५ मंसिर – नेपाली राजनीति फेरी लैनचौर भित्र दिवा भोज खान पसेको छ । भारतको अघोषित नाकाबन्दीका कारण दुई देशबीचच चिसिएको सम्बन्धमाथि शुक्रबार भारतीय राजदूतले गरेको दिवा भोज र निमन्त्रणा पाएका प्रमुख नेताहरुको उपस्थितिले प्रश्न चिन्ह खडा गरेको छ ।
भारीय राजदूत रंजित रायले नोपली कांग्रेस, नेकपा एमाले, एनेकपा माओवादी, मधेसी दलका नेता लगायतका तराई मधेसको प्रतिनिधित्व गर्ने ५० बढी सांसदलाई राजनूतावास बोलाएको थियो ।
विभिन्न राजनीतिक दलका नेतालाई बोलाई दूतावास भित्र दिवा भोजमा होईन जमेरै छलफलसमेत भएको स्रोत बताउँछ । भारतको निमन्त्रणामा दिवाभोजमा जानेहरुमा उपसभामुख गंगाप्रसाद यादव, नेपाली कांग्रेसबाट अमरेश कुमार सिंह, विमलेन्द्र निधि, आन्नदप्रसाद ढुंगाना, तेजुलाल चौधरी लगायतका थिए । एमालेबाट नेता सुरेन्द्र पाण्डे र वंशिधर मिश्र सहभागी । एमाओवादीका तर्फबाट प्रभु शाह, रविन्द्रप्रताप शाह, राप्रपाका दिपक बोहरा, जयन्त चन्द र राप्रपा नेपालका दिलनाथ गिरी लगाएतका नेताहरु थिए ।
भोजका बारेमा भारतीय राजदूत रायले कुनै विशेष कार्यक्रम नभई शान्त स्थानमा फ्रेस हुनका लागि बोलाएको बताए । उता भोजमा सहभागी नेताले आफूहरुलाई भोजका फोन आएकाले गएको बताएका छन् ।
Loading...