Latest News

मधेसी मोर्चाविरुद्ध लिम्बुवान पार्टीले कडा आन्दोलन गर्ने, साथ दिन नेपालीहरुमा आह्वान

झापा, २४ मंसिर । मधेसमा आन्दोलनको नेतृत्व गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाविरुद्ध अर्काे आन्दोलनको घोषणा भएको छ ।
झापाको दमकमा पत्रकार सम्मेलन गर्दै संघीय लिम्बुवान पार्टीले मधेसी मोर्चाविरुद्ध आन्दोलन चर्काउने घोषणा गरेको हो । पार्टीका उपाध्यक्ष खगेन्द्र माखिमले पूर्वका झापा, मोरङ र सुनसरी २ नम्बर प्रदेशमा समावेश हुनुपर्ने मागसहित आन्दोलनरत मोर्चाविरुद्ध २५ मंसिर (भोली)बाट प्रदर्शन गर्ने जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो- ‘अरुण सप्तकोशी पुर्वका ९ जिल्लाको एक इञ्च जमिन पनि अर्काे राज्यमा मिसाउने कुरा हामी सुन्न र स्वीकार्न तयार छैनौं ।’ पहिचान र समावेशिताको मुद्दामा मोर्चासँँग सहकार्य भएपनि सीमांकनमा कहिल्यै सहमति हुन नसक्ने माखिमले बताए । उनले भने- सम्म भाग सबै मधेश राज्यमा पारौं भन्नु हास्यास्पद र वाहियात माग हो ।’
माखिमले झापा, मोरङ र सुनसरी वा सुनसरी र मोरङको केही भाग मधेश प्रान्तमा मिसाउने मधेसी माग भारतको इच्छा अनुसार भएको दाबी गरे । उनले भने- ‘सप्तकोशीको पानीमा भारतीय आँखा परेको छ । त्यसैअनुसार यो माग अगाडि आयो ।’ उहाँले राष्ट्रियताको लडाईमा साथ दिन आम नेपाली जनतामा आह्वान समेत गर्नुभयो ।
Loading...