Loading...
काठमाण्डु, २४ मंसिर– दिल्ली भ्रमणमा गएका मधेसी मोर्चाका शीर्ष नेताले बारम्बार आग्रह गर्दा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेटका लागि समय दिएनन् ।
मोदीले भेट्न अस्वीकार गरेपछि मधेसी नेता निराश भएर बुधबार राति स्वदेश फर्किए ।
उनीहरुले भारत बसाइका क्रममा विदेशमन्त्री सुषमा स्वराज, प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजित डोभल र विदेश सचिव एस जयशंकरसहित केही नेता भेटे ।
ती भेटमा भारतीय पक्षले नाकामा जारी धर्ना रोकेर आन्दोलनको स्वरुप परिवर्तन गर्न र राजनीतिक संवादबाटै समस्याको निकास खोज्न स्पष्ट सन्देश दियो ।
नेपालमा नाकाबन्दी लगाउन प्रमुख जिम्मेवार रहेकामा नेपाल र भारत दुवैतिर चर्को आलोचना खेपिरहेका प्रधानमन्त्री मोदीले मधेसी नेतालाई भेट नदिनुको दुई कारण यस्ता छन् ।
कारण–१
नेपालको सरकार, अधिकांश राजनीतिक दल, सञ्चार माध्यम र आमनागरिकको बुझाइमा नेपालमा भारतले नाकाबन्दी गरिरहेको छ ।
नेपालको सरकार, अधिकांश राजनीतिक दल, सञ्चार माध्यम र आमनागरिकको बुझाइमा नेपालमा भारतले नाकाबन्दी गरिरहेको छ ।
नेपालमा मात्र होइान भारतमा समेत मोदी सरकारले नेपालमाथि नाकाबन्दी लगाएको भन्नेहरु धेरै छन् ।
भारतको लोकसभामा केही दिनअघि विपक्षी र केही सत्तारुढ भाजपाका सांसदले समेत किटेरै मोदी सरकारले नेपालमा नाकाबन्दी गरेको बताए ।
तर प्रधानमन्त्री मोदीसहित सरकारी अधिकारी त्यो मान्न तयार छैनन् । उनीहरु मधेसी मोर्चाले सीमा क्षेत्रमा गरेको धर्नाका कारण मालसामान ढुवानी प्रभावित भएको तर नेपालमा नाकाबन्दी नरेहको दाबी गर्छन् ।
नेपालमा आफ्नो लोकप्रियता एकपछि अर्को गर्दै ओरालो लागेको र भारतमा समेत तीव्र विरोध भइरहेका बेला मधेसी मोर्चाका नेतालाई भेट्दा मधेस आन्दोलन भारतमै इशारामा चलेको सन्देश प्रवाह हुने ठानेर मोदीले भेट्न अस्वीकार गरेका हुन् ।
कारण– २
मधेसी मोर्चामा आवद्ध संघीय समाजवादी फोरम, तमलोपा, सदभावना र तराई मधेस सदभावनाका नेता दिल्ली गएका थिए ।
मधेसी मोर्चामा आवद्ध संघीय समाजवादी फोरम, तमलोपा, सदभावना र तराई मधेस सदभावनाका नेता दिल्ली गएका थिए ।
मोदीको बुझाइमा ती मधेसका क्षेत्रीय दल हुन र तिनले नेपालको मुलधारको राजनीतिक प्रतिनिधित्व गर्दैनन् ।
ती दलमा पटकपटक मन्त्री भएका नेता छन् तर त्यो भन्दा माथिल्लो जिम्मेवारीमा रहेर सत्ताको अनुभव गरेका कोही छैनन् ।
बहालवाला प्रधानमन्त्रीले छिमेकी देशका पूर्वमन्त्रीहरुलाई औपचारिक भेट दिँदा कुटनीतिक रुपमा राम्रो सन्देश नजाने भएका कारण मोदीले उनीहरुलाई भेटेनन् ।
Loading...
Social Buttons