Latest News

अख्तियारवाट बच्न ; सशस्त्रका प्रहरी प्रमुखले दिए राजीनामा !!!

Kosh-Raj-Onta३ पुस, काठमाण्डु– भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बन गर्न सिफारिस गरेका सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्तले राजीनामा दिएका छन् ।
उनलाई केही दिनअघि मात्र आयोगले निलम्बन गर्न सिफारिस गरेको थियो । त्यसको दुई दिनपछि वन्तले राजीनामा बुझाएका हुन् ।
उनको राजीनामा आएपछि शसस्त्र प्रहरीको प्रमुखमा को ल्याउने भन्ने बारेमा व्यापक छलफल भैरहेको छ । वन्तले राजीनामा दिएमा के गर्ने र कसलाई त्यसको नेतृत्व हस्तान्तरण गर्ने विषयमा प्रधानमन्त्री लगायत शीर्ष नेताहरु बीचमा छलफल हुँदै आएको छ । सम्भवत शनिबार वा आइतबार यो विषयमा मन्त्रिपरिषदमा छलफल हुनेछ ।
मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक समितिका संयोजक प्रचण्डसँग छलफल गरेका छन् । आइजीपीका लागि एआइजीहरु जीवन थापा, दुर्जकुमार राई, कृष्णकुमार तामाङ दौडमा छन् ।
Loading...