Latest News

रौतहटमा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप, प्रहरीले गर्‍यो हवाई फायर

Gaur
गौर, ५ पुस । रौतहटको सदरमुकाम गौरमा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
बीपी चोकमा भएको झडपमा आन्दोलनकारीले ढुंगामुढा प्रहार गरेपछि जवाफी कारवाहीमा प्रहरीले ८ सेल अश्रुग्यास प्रहार गरेको छ । स्थिती नियन्त्रणमा लिन प्रहरीले २ राउन्ड हवाइ फयार समेत गरेको छ ।
आन्दोलनलाई शान्तिपूर्ण बनाउन प्रहरीले माइकिङ गर्दै आग्रह गरिरहेको छ । फेरि पनि ढुंगामुढा प्रहार गरे गोली चलाउन बाध्य हुने प्रहरीले चेतावनी दिएको छ ।
यसअघि प्रहरीले आन्दोलनकारीलाई लखेटेको थियो । झडपपछि गौर तवानग्रस्त बनेको छ 
Loading...