Loading...
मेष राशीः-

तपाईले यस वर्ष हरेक सोमवारका दिन भगवान शिवको पूजा गर्नुपर्छ । धन र व्यवसायको विषयमा लाभका लागि मंगलवारका दिन हनुमानको व्रत वा बजरञ्गबाणको पाठ गर्नुस् ।
वृष राशीः-

हरेक शनिवारका दिन पिठोको द्धीप बनाएर पीपलको जरामा राख्नुस् र दूधमा मह मिसाएर पीपलको पूजा गर्नुस् ।
मिथुन राशीः-

बुधवारका दिन हरियो रंगको वस्त्र लगाएर नियमित भगवान गणेशको पूजा गर्नुस् । गणेशको पाउँमा दुबो अर्पण गर्दा अझै शुभ हुनेछ ।
कर्कट राशीः-

यस वर्ष प्रदोष (भगवान शिवको) व्रत गर्दा तपाईका लागि शुभ हुनेछ । यदि यो गर्न सक्नुहुन्न् भने कम से कम प्रतदिनि सूर्योदयको समय तामाको भाँडोले सूर्यलाई जल चढाउने बानी बसाल्नुस् ।
सिंह राशीः-

यस वर्ष तपाई ढैय्या(शनिको दशा)को प्रभावमा रहनुहुनेछ । त्यसकारण हरेक शनिवारका दिन रोटीमा तोरीको तेल लगाएर कुकरलाई खुवाउनुस् र आफ्नो राशीका स्वामी सूर्यलाई प्रसन्न(खुसी) राख्नका लागि आइतबारका दिन व्रत बस्नुस् वा आदत्यिहृदय स्तोत्रको पाठ गर्नुस् ।
कन्या राशीः-

बुधवारका दिन भगवान गणेशको पूजा गर्नुस् र विहीबारका दिन पहेलो चन्दन निधारमा लगाउनुस् । अगस्ट महिनादेखि यसको लाभ मिल्नेछ ।
तुला राशीः-

तपाई घरबाट जहिलेपनि कुनै महत्वपूर्ण कामका लागि निस्किनुहुन्छ भने त्यो भन्दा पहिला मुख मीठो गरेर जानुस् र हरेक साँझ घरको ढोकामा दीप (दियो) बाल्नुस् । शुक्रवारका दिन सेतो वस्त्र(कपडा) धारण गर्नुस् । साढेसातको अन्तिम चरण चलिरहेकाले शनि स्तोत्रको पाठले संकटबाट बचाउनेछ ।
वृश्चिक राशीः-

तपाईका लागि हरेक दिन सुन्दरकाण्डको पाठ गर्नु राम्रो हुनेछ । मंगलवारका दिन हनुमानको मूर्तिमा सिन्दूर(अविर) चढाएर आफ्नो निधारमा लगाउनुस् । संकटबाट बचाएर हनुमानले तपाईबाट आगामी बाटो देखाउनेछन् ।
धनु राशीः-

तपाईले शनिवारका दिन पीपलको बोटमा जल चढाउनुपर्नेछ । साथै आफ्नो राशीका स्वामी गुरुलाई प्रशन्न(खुसी) राख्नका लागि विहीबारका दिन पहेलो चन्दन लगाउनुस् । घोडालाई चना खुवाउनु पनि फाइदाजनक हुनेछ ।
मकर राशीः-

तपाई आफ्नो राशीका स्वामी शनि महाराजलाई प्रशन्न(खुसी) पार्नका लागि किराहरुलाई चिनी र पिठो दिनुस् । शनिवारका दिन शनि देवतालाई तोरीको तेलको दिप बालेर दीपक(उज्यालो) देखाउनुस् ।
कुम्भ राशीः-

तपाईले हरेक शनिबार केराको बोट र शनि महाराजको पूजा गर्नुपर्ने हुन्छ । यसलले धन पनि बढ्छ र जीवनमा आउने समस्याहरुमा पनि कमी आउनेछ ।
मीन राशीः-

तपाईले विहीबारका दिन केसर(अमिलो बस्तु) वा हल्दीको तिलक(टिका) लगाउनुस् । विष्णु भगवानको पूजा गर्नुस् । धन र स्वास्थ्य दुबैका लागि लाभदायक हुनेछ । (पण्डित राकेश झाको सहयोगमा)
Loading...
Social Buttons