Loading...
निवर्तमान आईजीपी कोषराज वन्तले आफ्नो वयानमा भ्रष्टाचारको पोल खोलेपछि पूर्वआइजीपीहरु सनतकुमार बस्नेत, शैलेन्द्र कुमार श्रेष्ठ र बासुदेव ओलीलाई पक्राउ गरेर अख्तियारले अनुसन्धान थालेको हो ।
आफ्नो कार्यकालमा ढुवानी अनियमिततामा १५ करोड बराबरको अनियमितता गरेको अरोपमा उनीहरुसँग अख्तियारले बयान समेत लिएको छ । वयानपछि अख्तियारले पूर्वप्रमुख सनत कुमार बस्नेतसँग ८ करोड, शैलेन्द्र श्रेष्ठसँग १ करोड र वासुदेव वलीसँग ७० लाख रुपैयाँ धरौटी मागेको छ ।
धरौटो खोज्न उनीहरुले आफ्ना मान्छे खटाएको र ल्याउन नसके आजै थुनामा पठाइने अख्तियार स्रोतले जनाएको छ ।
यसअघि सशस्त्र प्रहरीका निलम्बित आईजीपी कोषराज वन्त १० करोड धरौटी तिरेर अख्तियारबाट रिहा भएका थिए ।
Loading...
Social Buttons