Loading...

काठमाडौं, १२ मंसिर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पाकिस्तान र बंगलादेशलाई मिलाएर ‘अखण्ड भारत’ भारत बनाउने योजना सार्वजनिक भएको छ ।
‘अल जजीरा’ टेलिभिजनलाई अन्तर्वार्ता दिँदै भारतीय जनता पार्टीका महासचिव राम माधवले प्रधानमन्त्री मोदीको सरकार पाकिस्तान, बंगलादेश र भारतलाई एक बनाएर अखण्ड भारतको निर्माणमा लागको खुलासा गरेका हुन् ।

अन्तर्वार्ता दिँदै भारतीय जनता पार्टीका महासचिव राम माधव
त्यसैकारण मोदी पाकिस्तानसँग सम्बन्ध सुर्धान प्रयास गरिरहेको उनले बताए । उनले अबको केही वर्षभित्रै भारत, पाकिस्तान र बंग्लादेश फेरि एक भएर अखण्ड भारतको निर्माण गर्ने दाबी गरे ।
यसअघि पाकिस्तान र बंगलादेश भारतबाट छुट्टिएर अलग्गै देश बनेका थिए । ‘भारत, पाकिस्तान र बंग्लादेश एक दिन फेरि एक हुनेछन् फेरि अखण्ड भारत वा अविभाजित भारतको निर्माण हुनेछ ।’ उनले अखण्ड भारत बिना युद्ध, लोकप्रिय सहमतिमै हुनसक्ने बताए । उनले भने– ‘युद्ध होइन् समझदारी गरेर एउटै देश बन्न सक्छ ।’ (एजेन्सीको सहयोगमा)
Loading...
Social Buttons