Latest News

भारतीय जनताले नै यसरी जलाए नरेन्द्र मोदीको पुत्ला !!!

एजेन्सी– भारतको हिमाञ्चल प्रदेशमा प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन भएको छ ।
भारतीय कांग्रेस आइका कार्यकर्ताले आफ्नो पार्टीका अध्यक्ष सोनिया गान्धी र उपाध्यक्ष राहुल गान्धीलाई केन्द्र सरकारले फसाएको आरोप लगाउँदै प्रधानमन्त्री मोदीको विरोध गर्दै पुत्ला जलाएका हुन् ।
उनीहरुले प्रधानमन्त्री मोदी विरुद्ध चर्को नाराबाजी गरेका थिए । उनीहरुले नेशनल हेरल्ड केसमा आफ्ना नेताहरु विरुद्ध केन्द्र सरकार लागेको आरोप लगाउँदै त्यसको चर्को विरोध गरेका थिए ।

विरोध प्रदर्शनमा केही कार्यकर्ता घाइते भएको जनाइएको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको सञ्चारमाध्यामहरुले जनाएका छन् ।
Loading...