Loading...
काठमाण्डु, मंसिर– बसपाका सांसद सांसद सलिन अन्सारीले नेपालमा रहेको मधेसी र सरकारबीचको समस्या समाधानका लागि भारतले सहयोग गर्नु पर्ने बताएका छन् ।
सोमबार विदेशमन्त्री सुषमा स्वराजको उपस्थितिमा भएको राज्यसभाको सोमबारको बैठकमा उनले भने, ‘नेपाल हाम्रो छिमेकी हो र सानो भाइ पनि हो । यदी हाम्रो अन्य देशसँग सम्बन्ध बिग्रेमा हामी साथी गुमाउँछौँ तर, नेपालसँग बिग्रीएमा हामी एक भाइ गुमाउँछौँ ।’
भारतको संसदमा मोदीविरुद्ध बोल्दै पवनले उठाए नेपालीको आँखाबाट आँसु आउने कुरा
उनले नेपाललाई किन सताउने भन्ने प्रश्न गदै भने, ‘मधेसी र नेपालको आन्तरिक समस्यामा हामीले हात हालनु हुन्न । हामी पछि हटेर हाम्रो मित्रता कायम रहनु पर्छ र समस्या समाधानका लागि पहल गर्नु पर्छ ।’
नाकाबन्दी गरिएर सामान जान नपाएका बताउादे उनले हिउँदको समय आउन लागेको र यस्तो अवस्थामा जस्तोसुकै संकट आउन सक्ने बताए । उनले भने, ‘चीनले हेरिरहेको छ नेपाललाई आफूतिर आकर्षित गर्न, त्यो किन त भन्दा भारतले नेपालमा हस्तक्षेप गरेको छ ।’

Social Buttons