Loading...
नेपालगन्ज, २५ मंसिर । बाँकेमा पर्ने नेपाल–भारत नाका विहीबारदेखि खुलेको छ । नेपालगन्ज नाका भएर शुक्रबार ९ ट्यांकर डिजल, १ ट्यांकर पेट्रोल र ३३ वटा मालबाहक गाडी नेपाल भित्रिएका छन् ।
भारतीय नाकाबन्दीका कारण करिव दुईसातादेखि सीमा बजार रुपईडिहामा रोकिएका मालबाहक र इन्धन लगायतका गाडी नेपाल भित्रिने क्रम जारी छ ।
इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी नायव निरीक्षक विष्णु गिरीका अनुसार हिजो बेलुकासम्म ३४ ट्यांकर डिजल, ५ ट्याङ्कर पेट्रोल, ४ ट्यांकर हवाई इन्धन र ७ बुलेट खाना पकाउने एलपी ग्याँस भित्रिएका थिए ।
हिजो नै १८९ वटा मालबाहक गाडी नेपाल भित्रिएको गिरीले जानकारी दिनुभयो । भारतीय पक्षले हिजोको तुलनामा आज केही कडाई गरेको छ । एसएसविले आज हरेक १५ मिनेटमा एउटा गाडी नेपाल प्रवेश गर्न दिएको छ ।
अहिले ४० वढि मालबाहक र १३ वटा इन्धनका गाडी सीमापारी रुपईडिहामा रहेको जमुनाहा प्रहरीले जनाएको छ ।
dainiknepal
Loading...
Social Buttons