Latest News

आज राति वर्षकै सबैभन्दा ठुलो र खतरनाक उल्कापात हुँदै, खगोलशास्त्रीहरु तनावमा

७ मंसिर
काठमाडौं । नेपाली समय अनुसार आज राति करिव दुई बजेतिर यो वर्षको अन्तिम र सबैभन्दा ठुलो उल्कापात हुने भएको छ । खगोलशास्त्रीहरुका अनुसार यो उल्कापात यो वर्षको अन्तिम हो । ग्रेगोरियन क्यालेण्डर अनुसार यो वर्षको सबै भन्दा ठुलो र खतरनाक उल्कापात पनि यही नै हो ।

नेपाल खगोल समाजका अध्यक्ष सुरेश भट्टराईले मौसम सफा भएमा काठमाडौंबाट आकाशमा करिब ३ घण्टासम्म उल्का बर्षा हेर्न सकिने बताएका छन् ।
उनले उल्का वर्षा एक घण्टामा १ सय २० वटासम्म हुनसक्ने बताए । उनका अनुसार प्रतिघण्टा १० वटासम्म तारा देखिएमा उल्का वर्षा भएको मानिने छ ।
अन्तरिक्षमा रहेका धुमकेतु वा छुद्र ग्रहबाट चोइटिएर अन्तरिममा रहेका कणहरु वायुमण्डलमा प्रवेश गर्दा घर्षणको कारण चम्किने गर्दछ । खगोलशास्त्रहिरुले भने यो उल्कापातले वायुमण्डलमा समस्या पैदा गर्ने भन्दै चिन्ता व्यक्त, गरेका छन् ।
धेरै उल्कापात हुँदा वायुमण्डलमा कुनै न कुनै असर हुनेगरेको उनीहरुको भनाई छ । यो वर्ष अन्य धेरै पटक उल्कापात भएको थियो ।
nepalsandesh 
Loading...