Latest News

मोर्चाभित्र विवाद, राजेन्द्र महतोलाई एक्ल्याएर उपेन्द्र र महन्थले सहमति गर्ने सम्भावना

फाइल फोटोकाठमाण्डु, २८ मंसिर– मधेसी मोर्चाभित्र आन्दोलन गर्ने कि वार्ता गर्ने भन्ने विषयमा विवाद भएको छ । ११ बुँदे माग पूरा नभएसम्म काठमाण्डु नफर्किने भन्दै सद्भानाका अध्यक्ष राजेन्द्र महतो तराई मधेसमै छन् ।
उनले वार्ताबाट निकास ननिस्कने बताउँदै आएका छन् । तर संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र तमलोपा अध्यक्ष ठाकुर   वार्ताबाटै   समस्या समाधान  खोज्न सक्रिय छन् ।
मोर्चाका एक नेताका अनुसार ठाकुर र यादवले सत्ता पक्षसँग  सहमति गरे पनि महतो सहमतिमा आउने सम्भावना कम छ । तर, तराई मेधस सद्भावना पार्टीका  अध्यक्ष महेन्द्र राय यादव भने जता  अनुकूल हुन्छ त्यतै जाने सुरमा छन् ।
नयाँ पत्रिकाबाट
Loading...