Latest News

आजदेखि नयाँ तरिकाले इन्धन बाँड्दै सरकार, कुन साधनले कति-कसरि पाउने (विस्तृतमा)

काठमाडौं, मङ्सिर ९ । सार्वजनिक यातायातका साधनलाई जोर विजोरका आधारमा ईन्धन उपलब्ध गराउने सरकारले निर्णय गरेको छ ।  सार्वजनिक यातायातको रुपमा सञ्चालन भएका माईक्रोबस जिपलाई जोरगते जोर नम्बर र बिजोर गते विजोर नम्बरलाई प्रतिपालो १५ लिटर डिजेल दिईने छ ।
त्यस्तै सार्वजनिक यातायातको रुपमा सञ्चालन भएका मिनिबस आदिलाई पनि जोर बिजोरकै आधारमा प्रतिपालो २० लिटर र ठूला सिटी बसलाई जोर बिजोरको आधारमा प्रतिपालो ३० लिटर डिजेल दिईने छ ।
लामो दुरीका सवारी साधानको हकमा भने आवस्यकता अनुसार डिजेल उपलब्ध गराईने छ ।  लामो दुरीका माईक्रो र ठूलो बसलाई रुट हेरी चलानीको आधारमा गन्तव्यसम्म पुग्ने गरी ईन्धन उपलब्ध गराईने मन्त्रीका स्वकिय सचिव पाठकले बताए ।
सरकारले स्कूल कलेजका बसलाई पनि सहजताका साथ ईन्धन उपलब्ध गराउने भएको छ ।  स्कूल र कलेजको हकमा विद्यार्थी बोक्ने भाडा नम्बरप्लेट बाहेकका सवारी साधनलाई सोमबार र बिहीबार प्रतिबस ३० लिटर उपलब्ध गराईने निर्णय सरकारले गरेको छ । यस्तै पर्यटन सेवामा संलग्न सवारी साधनलाई रुटहेरी चलानीको आधारमा आवस्यक मात्रामा ईन्धन दिने पनि निर्णय सरकारले गरेको छ ।
विभिन्न नाकाबाट भित्रीएको पेट्रोलियम पदार्थ सिधै पम्पमार्फत विक्री वितरणको लागि नदिई सिँधै निगमको डिपोमा खन्याएर मात्रै पम्पहरुलाई उपलब्ध गराईने समेत निर्णय भएको छ ।
डिजेल कार्वाहीमा नपरेका सबै पम्पमार्फत विक्री गरीने भएपनि पेट्रोल भने हाललाई सरकारी पेट्रोलपम्ममा मार्फत मात्र वितरण गर्ने निर्णय भएको वाणिज्य मन्त्रालयले जनाएको छ ।
यसैगरी सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि हरेक शुक्रबार ईन्धन दिईने भएको छ ।

सञ्चारकर्मीलाई सूचना विभागले जारी गरेको परीचयपत्रको आधारमा मात्र हरेक शुक्रबार मोटरसाईकल लाई तीन लिटर, कार जिपलाई १० लिटर पेट्रोल उपलब्ध गराईने पाठकले बताए ।
सरकारी संस्थान भाडाका सवारी साधनलाई पेट्रोल सम्बन्धित सरकारी कार्यालय वा संस्थानको कुपनको आधारमा दुईपाङ्ग्रे सवारीलाई प्रतिहप्ता तीन लिटर र कार जीप भ्यानलाई सम्बन्धित सरकारी कार्यालयको कुपनको आधारमा प्रतिहप्ता १० लिटर उपलब्ध गराईने छ ।
यसैगरी डिजेलको हकमा सरकारी र संस्थानका सरकारी र संस्थानका कार जिप भ्यानलाई  सम्बन्धित सरकारी कार्यालयको कुपनको आधारमा प्रतिहप्ता १५ लिटर दिईने छ ।
Loading...