Loading...
काठमाडौं, मङ्सिर ९ । विप्लव माओवादीले भोलिदेखि नेपालमा हिन्दी चलचित्र र हिन्दी टेलिभिजन च्यानल बन्द गराउने निर्णय गरेको छ ।
‘पार्टिले आज आधिकारिक रुपमै निर्णय गरिसकेको छ’- एभरेष्ट डटकम सँग कुरा गर्दै नेता धर्मेन्द्र बास्तोलाले भने – ‘हामिले केबल सञ्चालक र फिल्महल सञ्चालकलाइ अनुरोध गरेका छौ । ‘
भारतीय नाकाबन्दीको कारण नेपालीले चरम समस्या झेलिरहेको समयमा राष्ट्रिय स्वाधिनताको लागि यसो गरिएको बास्तोलाले बताए । केबल तथा हल सञ्चालकले यो गहन कुरालाई सहज बुझिदिनेछन् भन्ने अपेक्षा रहेको समेत बास्तोलाले भने ।
यसअघि भारतको नाकाबन्दीको विरोध गर्दै केबुल सञ्चालकहरुले स्वतःस्फूर्तरुपमा हिन्दी च्यानल बन्द गरेको बेला तत्कालीन सूचना तथा सञ्चारमन्त्री डा। मिनेन्द्र रिजालको दबावमा हिन्दी च्यानलको प्रसारण पुनः सुरु गरिएको थियो ।
Loading...
Social Buttons