Latest News

नेपाल–भारत सम्बन्ध अब ‘वाकयुद्ध’मा परिणत

काठमाण्डु, १८ कात्तिक– नेपालमाथि एकतर्फी रुपमा अघोषित नाकाबन्दी लगाउँदै आएको भारत–नेपाल सम्बन्ध अब ‘वाकयुद्ध’ मा परिणत भएको छ । नाकाबन्दी आफैंमा युद्धको एउटा रुप भएपनि हालसम्म नेपालले त्यस्तो कडा जवाफ दिएको थिएन । तर, भारतले पौने तीन करोड नेपाली जनताको आधारभूत मानवअधिकारबाट बञ्चित गर्दै नाकाबन्दी जारी राखेपछि नेपाल–भारतबीच ‘वाकयुद्ध’ सुरु भएको छ । भारतले पछिल्लो २४ घण्टामा तीन वटा वक्तव्य जारी गर्दै नेपालका प्रधानमन्त्रीसँग भारतीय समकक्षीले झन्डै आधा घण्टा वार्ता गरेर स्थितिलाई सामान्यीकरण गर्ने प्रयास गरेपनि अझै अगाडि बढिरहेको छ । सोमबार नेपाली जनतामाथि नाकाबन्दी गर्ने भारतमाथि नेपाल सरकारका बिना विभागीय मन्त्री सत्यनारायण मण्डलले बिना बर्दीका भारतीय सेना नेपाल प्रवेश गराएर नेपाललाई सिक्किमीकरण गर्ने षड्यन्त्र भइरहेको अभिव्यक्ति दिएका थिए । एक विज्ञप्ति नै जारी गरेर उक्त भनाईको खण्डन गर्नु परेको छ ।उता, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी ओली बीच भएको टेलिफोन संवादको सम्बन्धमा दुई देशले आ–आफ्नै दावीसहित चासोको बारेमा वक्तव्य जारी गरेपछि नेपाल–भारतबीच ‘वाकयुद्ध’ सुरु भएको रुपमा हेरिएको छ  । –जनसवाल दैनिकबाट 
Loading...