Loading...
काठमाण्डु, १८ कात्तिक– भूकम्प, नाकाबन्दी र तराई आन्दोलनले आधाभन्दा बढी जनसंख्या उच्च आर्थिक जोखिममा परेको छ । दिनको करिब २ सय रुपैयाँ (२ अमेरिकी डलर) मात्रै कमाउने जनसंख्या प्राकृतिक विपत्ति र नाकाबन्दीको उच्च जोखिममा परेको हो । विश्व बैंकले गतवर्ष सार्वजनिक गरेको ‘ भिजन फर नेपाल’ प्रतिवेदन अनुसार दिनको २ डलरमात्रै कमाउने जनसंख्या ५७.३ प्रतिशत छ । राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष गोविन्द पोखरेलका अनुसार रोजगारी, खाद्य, सुरक्षा, स्वास्थ्य, मनसुनको प्रतिकूलता र प्राकृतिक विपत् पर्नेबित्तिकै मुलुकमा थोरै कमाइ भएको जनसंख्या गरिबीको रेखामुनि धकेलिन्छ । ‘यीमध्ये कुनै एकमा मात्रै असर पर्नेबित्तिकै जनता गरिब भइहाल्नेछन्,’ पोखरेलले भने,‘यसपल्ट रोजगारी र खाद्य सुरक्षामा जोखिम बढेको छ ।’ विश्व बैंकको प्रतिवेदनले पनि यो जनसंख्या उच्च जोखिममा रहेको भन्दै सरकारलाई तत्काल सम्बोधन गर्न भनेको छ । आधा जनसंख्या जोखिममा रहेको स्वीकार्दै चालू आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा कार्यक्रम ल्याउने तयारी गरिए पनि पछि हटाइएको थियो । भूकम्प प्रभावित १२ जिल्लामा मात्रै ७ लाख जनसंख्या गरिबीको रेखामुनि धकेलिएको छ । नाकाबन्दीको असरले करिब डेढ करोड जनता उच्च जोखिममा परेका छन् । –कान्तिपुर दैनिकबा
Loading...
Social Buttons