Loading...
नेपालमा नाकाबन्दी गरेर भारतीय पक्षबाटै विरोध खेपिरहेका मोदीलाई पत्रिकाले गिच्याउँदै भनेको छ, ‘नेपालसे पङा लेना नारे बाबा ना ।’
पछिल्लो समय नेपालमा भारतले लगाएको नाकाबन्दीलाई लिएर भारतीय मिडियामा विभिन्न खाले समाचार आइरहेका छन् । धेरैजसो भारतीय मिडियाले नेपाल र मधेस आन्दोलनलाई लिएर गलत प्रसार गरिरहेका छन् भने कतिपयले नेपाल र भारत सम्बन्धमा मोदीले आँच पुर्याउने काम गरिरहेको बताएका छन् ।
नेपाल सरकारले भारतले नेपालमाथि नाकाबन्दी लगाएको बताउँदै आएको छ भने भारत सरकार मधेसीका कारण समस्या आएको भन्दै नाकाबन्दी स्वीकार गर्न तयार छैन ।
Loading...
Social Buttons