Latest News

सुरक्षा दिने सुरक्षा निकायमै आइजिपी र एआइजीको झगडाले प्रहरीमा भाँडभैलो !!!

aig igpकाठमाण्डु,  मंसिर– नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्यालको व्यक्तिगत हठ, घमण्डीपना एवं संकीर्ण सोचका कारण नेपाल प्रहरीको उच्च तहमा विवाद चर्किँदै गएको छ ।
नागरिकका हरेक क्रियाकलापमा प्रत्यक्ष/परोक्ष भूमिका रहेको नेपालको सशक्त सुरक्षा निकाय नेपाल प्रहरीको प्रमुख रहेका अर्यालले संगठनको हितमा दिलोज्यान कार्यसम्पादन गरिरहेका अब्बल अधिकारीहरुलार्ई अनेक बहानामा अंकुश लगाउन खोजेपछि एकातिर संगठनभित्र उक्त विषयमा विवाद चर्किँदै गएको छ भने अर्कोतर्फ संगठनको दैनिक कार्य सञ्चालन प्रक्रिया समेत प्रभावित हुन गई त्यसको असर समग्र राष्ट्रको सुरक्षा व्यवस्थामा समेत देखिन थालेको प्रधान कार्यालयसम्बद्ध स्रोतको दाबी छ ।
आईजीपी अर्यालले गत शुक्रबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजेन्द्र सिंह भण्डारी र प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुरेन्द्रबहादुर शाहको व्यक्तिगत नाममा लिखित पत्र लेख्दै प्रतिष्ठान र अनुसन्धान विभागमा प्रहरी कर्मचारीहरुको दक्षता र क्षमता अभिवृद्धिका लागि सञ्चालन गरिने विभिन्न प्रशिक्षणमा प्रहरी संगठनभित्र तथा बाहिरका विभिन्न व्यक्तिलार्ई आमन्त्रण गर्दा प्रहरी महानिरीक्षकको सचिवालयबाट पूर्वस्वीकृति लिन निर्देशन दिएपछि उक्त विवाद सतहमा देखिएको हो ।
करिब एक वर्षदेखि प्रहरी प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक रहेका एआईजी भण्डारीले उक्त प्रतिष्ठानको प्रशासनिक तथा भौतिक संरचनामा आमूल परिवर्तन गरिसकेका छन् । प्रविधिको प्रयोग गर्दै प्रहरी संगठनलाई समयसापेक्ष सुविधासम्पन्न गराउनुपर्छ भन्ने मान्यता राखेर सोहीअनुसार कार्यसम्पादन गर्दै आएका एआईजी भण्डारीले विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिहरुलार्ई आमन्त्रण गरी प्रहरी प्रतिष्ठानका प्रशिक्षार्थीहरुसँग अन्तत्र्रिmया कार्यक्रम सञ्चालन गर्ने गरेका छन् ।
पछिल्लो समय प्रतिष्ठानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन सफल भएका एआईजी भण्डारी तथा अपराध अनुसन्धानको क्षेत्रमा व्यापक परिवर्तन गरेका एआईजी शाहको कार्यसम्पादनको संगठनभित्रै व्यापक प्रशंसा हुनथालेपछि आईजीपी अर्याल अत्तालिएर कार्यसम्पादनमा नै अंकुश लगाउने उद्देश्यका साथ उक्त लिखित निर्देशन गरेको हुनसक्ने जानकारहरु बताउँछन् ।
प्रधान कार्यालयको महानिरीक्षकको सचिवालयस्रोतका अनुसार गत शुक्रबार आईजीपी अर्यालले एआईजीद्वय भण्डारी र शाहको नाममा निर्देशन दिँदै पठाएको पत्रको जवाफमा एआईजी भण्डारीले आईजीपी अर्याललाई आफूले जस्तै उत्कृष्ट काम गरेर देखाउन चुनौती दिँदै प्रहरी प्रतिष्ठानको दैनिक कार्यसञ्चालनमा अनावश्यक हस्तक्षेप नगर्न सुझाव दिएका छन् ।
स्रोतका अनुसार आईजीपी अर्यालको उक्त निर्देशनसहितको पत्रमा कार्यकारी निर्देशकको नाममा सम्बोधन गरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको नाममा पत्र लेख्नुपर्नेमा प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्र सिंह भण्डारी लेखिएको छ । पत्रको जवाफको १ नम्बर बुँदामा कार्यालयको नाममा आउने पत्रमा व्यक्तिगत नाम लेखिनु गलत भएको उल्लेख गर्दै एआईजी भण्डारीले प्रहरी नियमावली २०७१ को ५३ ( क) मा प्रहरी महानिरीक्षकले ‘प्रहरी प्रधान कार्यालय र सो मातहतका सबै प्रहरी कार्यालयहरुमा सामान्य नियन्त्रण, रेखदेख गर्ने र निर्देशन दिने’ स्पष्ट व्यवस्था भएको औँल्याउँदै उक्त प्रावधानलार्ई नजरअन्दाज नगर्न आईजीपी अर्याललार्ई सुझाएका छन् ।
एआईजी भण्डारी र शाहले प्रतिष्ठान र अनुसन्धान विभागमा व्यापक सुधार गरेको कारण संगठनभित्र र बाहिर उनीहरुको व्यापक प्रशंसा हुने गरेको तर आफू आईजीपी भएर पनि ओझेलमा परेकोमा आईजीपी अर्याल चिन्तित रहेको स्रोतको दाबी छ ।
उता विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुलार्ई आमन्त्रण गरेर प्रहरी कर्मचारीहरुको दक्षता तथा क्षमता अभिवृद्धिको लागि प्रयास गर्दा प्रहरी महानिरीक्षकले आपत्ति जनाउन नहुने एआईजी भण्डारीको तर्क छ ।
–आर्थिक दैनिकबाट
Loading...