Latest News

पूर्व युवराज पारस शाहले राजनीतिज्ञ र जनतामाथि उठाए गम्भीर ५ प्रश्न


काठमाडौं – पूर्व युवराज पारस शाहले हरेक विषयमा सँधै मौन रहने नेपाली समाजको प्रवृत्तिमाथि प्रश्न उठाएका छन् । शाहले यस्तो संकटका बेला पनि नेपालीहरु चुपचाप सहेर बसिरहेको भन्दै नेपाली समाजको प्रवृत्तिमाथि प्रश्न गरेका हुन् । सामाजिक सञ्जालमा सक्रिय रहने शाहले आइतबार राती लेखेका छन्, ‘नेपाली समाज किन यस्तो शान्त छ ? उनीहरुले हाम्रो धर्म खोस्यो, हामी चुप लागेर ठीकै छ भनेर बस्यौं, किन ? पछिल्लो तीन महिनामा हामी इन्धन र ग्यासको अभावमा बसिरहेका छौं हामीसँग खाना पकाउन दाउरा पनि छैन, तैपनि हामी ठीकै छ भनिरहेका छौं, किन ?’ शाहले आफूले कसैलाई भड्काउन नभएर समाजलाई बुझ्नका लागि यी प्रश्न गरेको भन्दै स्पष्टिकरण समेत दिएका छन् । ‘फ्रुट फर थट’ भन्दै चार श्रृंखलामा पोष्ट गर्दै उनले नेपाली समाजको बारेमा वर्णन गर्न खोजेका छन् उनी लेख्छन्, ‘के हामी तिब्बती समाज जस्तै चेतनाको उच्च तहमा भएर हो कि ? यही भएर हाम्रो समाजले गौतम बुद्ध जस्ता व्यक्तित्वलाई न्जम दिएको हो कि ? हाम्रो जीवनशैली नै यस्तो होकी ? तर, आज हाम्रो यही शैली खतरामा छ ।’ उनले ९० को दशकदेखि नै पहिलो विश्वका देशहरुले नेपाली जीवनशैलीमाथि प्रयोग गर्न शुरु गरेको कारण आज नेपाली जीवनशैली खतरा परेको समेत बताएका छन् । ‘सन् २०१५ मा आइपुग्दा उक्त प्रयोगहरु असफल भएका छन् ।’ शाहले नेपाल भारतको आन्तरिक मामिला भइसकेको बताउँदै अब नेपालीहरुले आफ्नो मित्र छान्नुपर्ने पनि सुझाव दिएका छन् ।
Loading...