Loading...
एजेन्सी । अवैध सम्बन्धको एउटा अर्काे घिनलाग्दो तस्वीर सार्वजनिक भएको छ ।
घटना भारतको मुम्बईको हो । यहाँ एक महिलाले शारीरिक सम्पर्क राख्न नमानेको भन्दै आफ्नै भतीजामाथि चक्कु प्रहार गरेकी छिन् । श्रीमानसँग झगडा परेर भतीजाको घरमा बस्दै आएकी ति महिलाको भतीजासँग अवैध सम्बन्ध थियो । तर, एकदिन शारीरिक सम्पर्क राख्न खोज्दा नमानेपछि महिलाले रिसको झोकमा शिवकुमार नामका आफ्नै भतीजामाथि चक्कु प्रहार गरेकी हुन् ।
प्रहरीका अनुसार २८ वर्षीय यी महिलाका भतीजा २२ वर्षीय शिवकुमार पनि विवाहित पुरुष हुन् । तैपनी यी दुबैले हरेक साँझ शारीरिक सम्पर्क राख्थे । तर, एक साँझ शिवकुमारकी श्रीमतीले दुबैको अवैध सम्बन्धबारे थाहा पाईन् तब उनले घरमा हंगामा मच्चाईन् । श्रीमतीको विरोधपछि शिवकुमारले आफ्नी आन्टीसँग शारीरिक सम्बन्ध नराख्ने निर्णयमा पुगे । त्यसैअनुसार अर्काे दिन आण्टीले गर्न खोज्दा उनले अस्वीकार गरे ।
आफ्नो प्रस्ताव अस्वीकार गरेपछि यौन प्यास लागेकी आन्टीले आफूलाई थाम्न नसकेर भतीजामाथि पहिला आक्रमण गरिन् । त्यसपछि चुक्कु प्रहार गरिन् । चुक्कु प्रहारबाट वेहोस अवस्थामा शिवकुमारलाई अस्पताल लगियो । अस्पतालमा होस आउँदा प्रहरी त्यहाँ पुगिसकेको थियो । उनले प्रहरीसामू आफ्नो र आन्टीको सम्बन्धबारे सुनाउँदा सबै छक्क परे । त्यसपछि प्रहरीले तुरुन्तै शिवकुमारकी आन्टीलाई गिरफ्तार गर्यो ।
Loading...
Social Buttons