Loading...
काठमाडौं, १६ कात्तिक । कांग्रेस सभापति सुशील कोइरालाले आफू राष्ट्रियताका विषयमा कहिल्यै पनि कसैसँग सम्झौता नगरेको बताउनुभएको छ ।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आज (सोमबार) दोस्रो दिन बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै सभापति कोइरालाले आफूले राष्ट्रियता, राष्ट्रहित, मुलुकको भलाइ र जनताको चाहनाभन्दा बाहिर गएर कहिल्यै नसोँचेको बताउनुभएको हो ।
‘मैले चाहेको भए प्रधानमन्त्री, राष्ट्रपति सबै पद पाउने थिएँ’, सभापति कोइरालालाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘मलाई विभिन्न शक्तिकेन्द्रहरूले ठूलाठूला आश्वासन दिएका थिए । व्यक्तिगत पद र लाभका लागि राष्ट्र, राष्ट्रियता र जनताका लागि मैले ती सबै प्रस्तावहरू अस्वीकार गरिँदिएको छु । बरु म हार्छु । राष्ट्र र जनताप्रति कसैसँग सम्झौता गर्दिन ।’
प्रधानमन्त्री निर्वाचनमा उम्मेदवारी दिएको र त्यो उम्मेदवारी भारतीय गुप्तचर संस्था ‘रअ’का कारण दर्ता गराएको भन्ने आरोपका विषयमा केन्द्रीय सदस्यहरूले प्रश्न राखेपछि जवाफमा सभापति कोइरालाले सबै आरोपहरूको खण्डन गर्नुभएको हो ।
‘मैले कसैको दवावमा वा आश्वासनमा प्रधानमन्त्री पदमा उम्मेदवारी दिएको होइन’, सभापति कोइरालाले भन्नुभयो, ‘केन्द्रीय कार्यसमितिको निर्णय र तीन शीर्ष नेताहरूलाई दिइएको जिम्मेवारीअनुसार नै प्रधानमन्त्री निर्वाचनमा उम्मेदवारी दिएको हुँ ।’ कोइरालाले आफसँग कुनै सदस्यको असन्तुष्टि रहे बैठकमा भन्न सक्नेभन्दै मिडिया र फेसबुकमा जथाभावी लेखेर पार्टीभित्रको आन्तरिक कुरा सार्वजनिक गर्न नपाइने बताउनुभयो ।
‘मसँग असन्तुष्टि छ भने बैठकमा कुरा राख्नुस् । जे भन्न मन लाग्छ भन्नुस्’, उहाँले भन्नुभयो, ‘तर फेसबुकमा जथाभावी लेख्ने, मिडियामा जथाभावी बोल्ने कार्यले पार्टीभित्रको अनुशासन कायम हुँदैन । नेताले आफ्नो जिम्मेवारी आफै बझ्नु पर्छ ।’
प्रधानमन्त्री निर्वाचनमा उम्मेदवारी दिनु ठीक एक दिन पहिला बेलुकासम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय गर्ने जिम्मेवारी सभापति कोइरालाका साथै वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललाई दिएको थियो ।
उम्मेदवारी दर्ता गराउनुभन्दा केही घण्टा अगाडि मात्रै बसेको तीन शीर्ष नेताहरूको बैठकमा देउवाको प्रस्ताव र पौडेलको समर्थनमा कोइरालालाई प्रधानमन्त्री उम्मेदवार बनाइएको थियो ।
‘कांग्रेसले आफ्नो नेतृत्वमा संविधान बनाएको हो’, उपसभाति पौडेलले भन्नुभयो, ‘संविधानसभाभन्दा बाहिर रहेको मधेसी दलहरूलाई कांग्रेसले आफू पराजित भएर नयाँ संविधान कार्यान्वयन गरेको छ । यसलाई कसैले भल्नु हुँदैन ।’ उहाँले बामपन्थीहरू एकजुट भएका बेला कांग्रेसलाई कमजोर बनाउने गरी अभिव्यक्ति दिनेहरूले सभापति कोइरालाविरुद्ध प्रश्न उठाउने नैतिकता नराख्ने बताउनुभयो ।
बैठकमा कांग्रेस सभापति कोइरालाले आफूलाई वामपन्थी दलका नेताहरूले भारतीय गुप्तचर संस्था ‘रअ’को एजेन्ट भनेकोमा आक्रोश व्यक्त गर्नुभएको थियो । ‘मलाई ‘रअ’को एजेन्ट र उम्मेदवार भन्ने ?’, सभापति कोइरालाले प्रतिप्रश्न गर्दै भन्नुभयो, ‘जसले मुलुक, जनता र प्रजातन्त्रका लागि जीवनभरि कुनै सम्झौता नगरी लडेको छ त्यसलाई यस्ता हावादारी आरोप लगाउने ? को कहाँबाट सञ्चालित छ सबैलाई थाहा छ । मलाई आक्षेप लगाउनुभन्दा अगाडि आफ्नो छायाँलाई सबैले हेर्नुपर्छ ।’
बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवाले सभापति कोइरालाले आफूसँग गरेका कतिपय सहमति उल्लंघन गरेको भन्दै असन्तुष्टि जनाउनु भएको थियो । उहाँले आउँदा दिनमा कोइरालासँग एक्लै कुनै पनि सहमति नगर्ने बताउनुभएको छ ।
उपसभापति रामचन्द्र पौडेलले आफूलाई प्रधानमन्त्री उम्मेदवार बन्नबाट रोक्नका लागि सभापति कोइराला र वरिष्ठ नेता देउवाले चलखेल गरेका कारण पार्टी पराजय भएको आरोप लगाउनुभयो । उहाँले पार्टीकै निर्णयअनुसार कोइरालालाई प्रधानमन्त्री उम्मेदवार बनाएको बताउँदै यस विषयमा धेरै टिकाटिप्पणी गर्न नहुने उल्लेख गर्नुभएको थियो ।
‘कांग्रेसले आफ्नो नेतृत्वमा संविधान बनाएको हो’, उपसभाति पौडेलले भन्नुभयो, ‘संविधानसभाभन्दा बाहिर रहेको मधेसी दलहरूलाई कांग्रेसले आफू पराजित भएर नयाँ संविधान कार्यान्वयन गरेको छ । यसलाई कसैले भल्नु हुँदैन ।’ उहाँले बामपन्थीहरू एकजुट भएका बेला कांग्रेसलाई कमजोर बनाउने गरी अभिव्यक्ति दिनेहरूले सभापति कोइरालाविरुद्ध प्रश्न उठाउने नैतिकता नराख्ने बताउनुभयो ।
प्रधानमन्त्री निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिएर ठीक गरेको बताउनु भएका पौडेलले तत्काल कांग्रेसको आलोचना भए पनि यसको पार्टीलाई दीर्घकालीन फाइदा पुग्ने बताउनुभयो । उहाँले आलोचना मात्रै गरेर नहुने भन्दै मुलुकलाई कांग्रेसको उम्मेदवारीले बचाएको उल्लेख गर्नुभयो ।
कांग्रेस केन्द्रीय सदस्य पूर्णबहादुर खड्काले प्रधानमन्त्री निर्वाचनमा कोइरालाले उम्मेदवारी दिएर ठूलो गल्ती गरेको भन्दै बामपन्थीहरूको समर्थन गर्नु भएको थियो । खड्काले एमाले र एमाओवादीसँग भएको भद्र सहमतिलाई कांग्रेसले तोड्न नहुने बताउनु भएको हो ।
Loading...
Social Buttons