Loading...
काठमाण्डु, १० मंसिर– सरकारले सुनसरी भन्टाबारीमा भारतीय सीमा सुरक्षा बल(एसएसबी) ले गोली चलाउँदा चार नेपाली घाइते भएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै त्यसको यथार्थ विवरण भारतसँग मागेको छ ।
सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले काठमाण्डुस्थित भारतीय दुतावासलाई पत्र पठाउँदै घटनाको जानकारी मागेको हो ।
एसएसबीको गोली लागी अशोक यादव, मनोज यादव, सरोज यादव र नरेश यादव घाइते छन् । घटना प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राख्दै गृह र परराष्ट्र मन्त्रालयलाई यथार्थ विवरण माग्न निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने, ‘घटना कसरी भएको हो, किन भएको हो, वास्तविकता के हो बुझ्न प्रधानमन्त्रीज्यूले गृह र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिनुभएको हो ।’
नागरिक दैनिकबाट
Loading...
Social Buttons