Loading...
काठमाडौँ । फोनमा रमाईला यौन र रोमान्सका कुरा गरेर व्यापारी फराउँन खोज्ने एक युवतीलाई झापा जिल्ला अदालतले जेल चलान तोकेको छ । पैसा हुनेहरुको खोजी गर्ने र फोनबाट प्रेम र यौनको जालोमा फसाउँन इलामकी २६ वर्षीया कमला मास्के र उनको समूहका राजीव सुवेदीलाई अदालतले पुर्पक्षका लागि जेल चलान गरेको हो । कमलाको समूहमा रहेका पाँच जनालाई अदालतले पुर्पक्षका लागि जेलमा राख्ने आदेश दिएको छ ।
तर कमला र राजीवबाहेकका तीन जना हाल फरार छन् । कमलाले राजीवको सहयोगमा झापा बिर्तामोडका व्यापारी रवि अग्रवाललाई यौनसम्बन्ध राख्न एक होटलमा बोलाएकी थिइन् ।
कमलाले आफ्नो समूहको सहयोगमा व्यापारी अग्रवाललाई बिर्तामोडको देउराली होटल एन्ड लजमा बोलाएर बन्धक बनाइ ५० हजार रुपैयाँ लुटेका थिए । थप ६० लाख दिनु पर्ने भन्दै शर्तमा छाडेका थिए । फोनमा हुने गरेको संवादका आधारमा कमलासँग मस्ती गर्न नै पुगेका थिए । गफैमा रमाइलो गर्नै सहमति भएअनुसार उनीहरु कोठाभित्र पसे ।
तर कोठाभित्र पस्नासाथ अचानक ढोका खोलेर केही युवाहरु प्रवेश गरे र महिलालाई बलात्कार गर्न खोजेको भन्दै व्यवसायीलाई डर धम्की दिए । ती युवाहरुले बलात्कारको आरोपमा फसाइदिने भन्दै जबरजस्ती नागैं पारेर मोबाइलमा फोटो खिचे । इज्जत जाने डरले व्यापारीले तत्कालै नगद ५० हजार र ६० लाख पछि दिने सहमतिमा कागज गरे ।
कागज गरेपछि ती युवाहरुको पञ्जाबाट उम्कन पाएका उनी केही दिन गुपचुप बसे । तर बाँकी रकमका लागि युवाहरुले अग्रवाललाई पछ्याउन थालेपछि उनीले गत महिना प्रहरीमा उजुरी दिएका थिए ।
इलाका प्रहरी कार्यालय,बिर्तामोडलाई उजुरी गरेपछि घटनामा सलंग्न इलाम– ८ का ३४ बर्षिय राज भन्ने राजीव सुवेदी र इलाम– २ की कमला मास्केलाई पक्राउ गरिएको थियो ।
Loading...
Social Buttons