Loading...
काठमाण्डु, १६ कात्तिक– सरकारले चीनको बाटो हुदैँ तेस्रो मुलुकबाट समेत इन्धन ल्याउने भएको छ । चीनबाट नेपाल इन्धन ल्याउने समझदारी गरी फर्केको टोलीले तेस्रो मुलुकको इन्धनसमेत चिनियाँ भूमिबाट ल्याउने सहमति गरेको एक अधिकारीले बताए । त्यसका लागि नेपालतर्फको सडक चौडा बनाउनुपर्ने सुझाव टोलीले दिने भएको छ । टोलीले भ्रमणको विस्तृत प्रतिवेदन बुझाउने तयारी गरेकोे छ । टोलीका नेतृतव गरेका राजदूत महेश मास्के इन्धन बोकेको गाडी नेपालतर्फ पठाएपछि स्थलमार्ग हुदैँ नेपाल आइपुगेका छन् । टोलीले सोमबार राजनीतिक नेतृत्व, प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीलगायत सरोकारवालासँग विशेष छलफल गरेर इन्धन आयातको सम्भावनाबारे विस्तृत प्रतिवेदन बुझाउनेछ । टोलीले चीनबाट इन्धन ल्याउन कुनै समस्या नभएको बताउँदै त्यसका लागि नेपालतर्फको बाटोको तत्काल स्तरोन्नति गर्नुपर्ने बताएको छ ।
Loading...
Social Buttons