Latest News

काठमाण्डुमा केन्द्र भएर भूकम्प ठुलो धक्का काठमाण्डौमा भागाभाग

काठमाण्डु, १४ मंसिर– गोर्खाको बारपाकलाई केन्द्र बनाएर सात महिना अघि गएको विनाशकारी भूकम्पको पराकम्पन अझै रोकिएको छैन । सोमबार बिहानै काठमाण्डुको शिवपुरीस्थित नागार्जुन राष्ट्रिय निकुञ्जलाई केन्द्र बनाएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्पन गएको छ । बिहान ६ बजेर १० मिनेट जाँदा गएको पराकम्पनले काठमाण्डु उपत्यकालाई हल्लाएको थियो । गोर्खा भूकम्पपछि ४२१ वटा पराकम्पन गइसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 
Loading...