Latest News

आईजीपी अर्याल निकटका एसएसपी रमेश खरेलको कमाउने तरिका यस्तो !!!

काठमाडौं । नेपाल प्रहरीका एसएसपी रमेश खरेललाई समेत आम नेपालीले होनाहार वरिष्ठ प्रहरी अधिकृतका रुपमा लिने गर्दछन् । तर एसएसपी खरेललाई व्यवहारमा ब्यहोर्ने हामी भर्खरै नेपाल प्रहरीमा प्रवेश गरेर देशको सेवामा जुट्न लागेका प्रहरी कर्मचारीहरु र अन्य वर्गका मानिसहरु उनको व्यवहार भोगेर घृणा गर्ने रहेछन् ।
यो भनाई हाम्रो होइन, मध्यमाञ्चल क्षेत्रीय प्रहरी तालिम केन्द्र, भरतपुरका समादेशक खरेललाई व्यवहारमा ब्यहोर्नु अघि उनलाई आदर्श प्रहरी मान्दै आएकाहरुको हो । पैसा देखेपछि महादेवका पनि त्रिनेत्र खुल्छन् भन्ने उखान चरितार्थ भएको गुनासो एक वर्षसम्म भरतपुरको तालिम केन्द्रमा रहँदा खरेलको आनीबानी भोगेका पीडित ३५२ जुनियर अधिकृतहरु मध्येको हो ।
खरेलको चरम शोषणमा परेका यी ३५२ जुनियर अधिकृतहरु गत २०७२ असार १६ गते पास आउट भएका थिए । २०७१ पुस २ देखि ९ गतेसम्म बिदा छोड्दा दिनुपर्ने राशनको पैसा, २०७२ बैशाख ७ गतेदेखि २४ गतेसम्म अट्याचमेण्टका लागि विभिन्न प्रहरी तालिमेहरुलाई दिन पर्नेमा दिइएन ।
पछि हल्लाखल्ला भएपछि पास आउट हुने समयमा तालिम केन्द्र नजिकका र हल्लाखल्ला गर्ने आशंकितहरु केहीलाई चाहिं पाँच हजार र सोझासिधा तालिमे असईहरुलाई चाहिं रु.१६/१७ सय रुपैयाँ दिएर टारेको वेदना पीडितहरुले पोखेका छन् ।
साँघुका अनुसार सो तालिम केन्द्रका समादेशक खरेल आईजीपी उपेन्द्रकान्त अर्याल निकट मात्र होइन उनको प्रिय एसएसपी मध्येका एक मानिन्छन् । त्यसैले अरु सबै तालिम केन्द्रका समादेशकहरुको सरुवा हुँद पनि उनको सरुवा भएको छैन ।
पीडितहरुले बताए अनुसार प्रहरीका अन्य क्षेत्रीय प्रहरी तालिम केन्द्रका समादेशकहरुले राशनकै पैसामा हप्तामा ६ पटक मासु, एक पटक अण्डाकरी, गेडागुडी र बिहान राम्रो नास्ता खुवाउने गरेका थिए । तर भरतपुर तालिम केन्द्रका समादेशक खरेलले भने विहानको ब्रेकफास्टका लागि मासिक रु. २ हजार असुली गरेर शोषण गर्ने गरेका थिए । source: Newsabhiyan
Loading...