Latest News

मधेसी मोर्चाको सभास्थलमा स्थानीय युवाले आगो लगाइदिए, इटहरीको अवस्था तनाबग्रस्त

तस्विर : अन्नपूर्ण पोष्टबाट साभारकाठमाडौं , मङ्सिर ११ । इटहरीमा मधेसी मोर्चाको आमसभा स्थललाई स्थानीय युवाले आगो लगाइदिएपछि स्थिती तनावग्रस्त भएको छ ।
आज उक्त स्थानमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताले सम्बोधन गर्ने भनिएको थियो ।
सोहि अनुसा मञ्च निर्माण गरिएको थियो । तर स्वतःस्फूर्त रुपमा आएका स्थानीय युवाले मञ्च भत्काएर आमसभा स्थलमा आगो लगाइदिएपछि इटहरीको स्थिति तनाबग्रस्त बनेको छ।
स्थानीय युवाले मञ्च भत्काएर भारतविरुद्ध नाराबाजी गरिरहेका छन्।
दुई पक्षबीच झडप हुन नदिन सुरक्षाकर्मीले दुवैतर्फका युवालाई सडकको दुई भागमा विभाजित गरेर आमनेसामने हुनबाट रोकिरहेका छन्।
मधेसी मोर्चाले इटहरीको पश्चिम चोक, खेतीखोला छेउमा आमसभा गर्ने तयारी गरेको थियो।
सभामा उपेन्द्र यादब, राजेन्द्र महतो, महन्त ठाकुर सहभागी हुने भनेर प्रचार गरिएको थियो।
स्थानीय युवाको नेतृत्वमा प्रमुख दलका विद्यार्थी नेताहरुसमेत सहभागी रहेको बताइएको छ ।
नेपालको राष्ट्रिय अस्मितामाथि धावा बोलेर भारतको पक्षमा वकालत गरेको भन्दै स्थानीयले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना अध्यक्ष राजेन्द्र महतोलाई इटहरी प्रवेशमा रोक लगाएको घोषणा गरेका छन्।
तस्विर अन्नपूर्ण पोष्टबाट साभार
Loading...