Latest News

भारतसंगको खुल्ला सीमा बन्द गर्न मोहन बैद्यको आग्रह !!!

नेकपा क्रान्तिकारी माओवादीले नेपाल–भारतबिचको खुला सीमालाई नियन्त्रण गर्न सरकारलाई विशेष आग्रह गरेको छ । सीमा क्षेत्रमा हुने हिंसात्मक गतिविधि रोक्नको लागि खुल्ला सीमा बन्द गर्न पार्टी अध्यक्ष मोहन बैद्य ‘किरण’द्वारा जारी विज्ञप्तीमा आग्रह गरिएको छ ।
केही दिन यता तराई–मधेस र भारतसँगको सिमावर्ती क्षेत्रमा हिंसात्मक घटना बढ्दै गइरहेको भन्दै विज्ञप्तीमा भनिएको छ–‘  मुलुकको राष्ट्रिय स्वाधीनतामाथि गम्भीर समस्या पैदा भएकाले समस्याहरूलाई गम्भीरताका साथ लिएर सम्बोधन गर्न जनताका हक–अधिकारका सुनिश्चितता दिन लागि हामी सरकारसँग माग गदछौं’ ।
क्रान्तिकारी माओावादीले तराई–मधेसमा सरकारले दमन गर्ने नीति लिएको भन्दै, दमन बन्द गरी संवाद तथा सहमतिबाट समाधान खोज्न आग्रह गरको छ ।

क्रान्तिकारी माओवादीले सप्तरीमा सरकारले गोली चलाएर चार जनाको हत्या गरेको र भारतले सुनसरीमा चार जनालाई घाईते बनाएको भन्दै दुवै घटनाको विरोध गरेको छ । ‘उक्त घटनाको छानबिन गरी दोषीमाथि कडा कानुनी कारवाही गर्न, घाइतेहरूको शीघ्र उपचार तथा मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन माग गर्दछौँ ’ विज्ञप्तीमा भनिएको छ ।
‘हिजो सुनसरीको भाण्टावारीमा भारतीय सीमा सुरक्षा बलका जवानहरू हतियारसहित नेपाल प्रवेश गरी अन्धाधुन्द गोली चलाएर ४ जना नेपालीहरूलाई निर्मम रूपमा घाइते बनाइएको घटनाको अविलम्ब छानबिन गरी दोषीमाथि कूटनीतिक माध्यममार्फत कडा कारवाहीको व्यवस्था गर्न विशेष जोड दिन्छ ।’ वैद्य द्वारा हस्ताक्षरीत विज्ञपतीमा उल्लेख छ ।
Loading...