Loading...
रसुवा, २८ असोज । भूकम्पपछिको पहिरोका कारण लाङटाङ गाविसभित्रको लाङटाङ गाउँ पुरिँदा बेपत्ता भएकामध्ये अझै ८५ जनाको अवस्था अज्ञात रहेको छ ।
पर्यटकीय क्षेत्र लाङटाङमा ६ हजार ५ सय मिटरको उचाइ लिरुङ हिमालको बेसक्याम्पमा रहेको पेवछे ताल फुट्दा आएको पहिरोले लाङटाङ गाउँवासी, विदेशी पर्यटक, पथप्रदर्शकसमेत गरी बेपत्तामध्ये एक सय ७५ लाङटाङवासी रहेका थिए ।
जिल्ला प्रहरी प्रमुख डीएसपी अवदेश विष्टले पहिचान भएका १५ वटा कङ्काल स्थानीयस्तरमै बुझाइएको र पहिचान हुन सकेको ६ वटा मानव कङ्काल हेलिकोप्टरबाट काठमाडौं पठाउने बताए ।
गणपतिको कमान्डमा गएको सरुक्षाटोलीले काठमाडौंको एलोगोम्बाबाट आफ्नो थातथलोमा फर्केका लाङटाङवासीलाई सरुक्षाको प्रत्याभूति गराउनुका साथै सहज जीविकोपार्जन गर्ने वन, वनस्पति, वन्यजन्तु, जैविक विविधताको संरक्षणमा ध्यान दिने विषयमा प्रशिक्षण समेत दिएको थियो ।
Loading...
Social Buttons