Latest News

लाङटाङमा २१ मानव कङ्काल भेटिए

रसुवा, २८ असोज । भूकम्पपछिको पहिरोका कारण लाङटाङ गाविसभित्रको लाङटाङ गाउँ पुरिँदा बेपत्ता भएकामध्ये अझै ८५ जनाको अवस्था अज्ञात रहेको छ ।
पर्यटकीय क्षेत्र लाङटाङमा ६ हजार ५ सय मिटरको उचाइ लिरुङ हिमालको बेसक्याम्पमा रहेको पेवछे ताल फुट्दा आएको पहिरोले लाङटाङ गाउँवासी, विदेशी पर्यटक, पथप्रदर्शकसमेत गरी बेपत्तामध्ये एक सय ७५ लाङटाङवासी रहेका थिए ।
kankalभूकम्प गएलगत्तै नेपाली सेना महावीर (रेन्जर) गणको उद्धार टोलीले खोज तथा उद्धार गरे पनि हराइरहेका एक सय ६ जनाको खोजी गर्न लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नारायण दल गणका गणपति विक्रम गरुङको नेतृत्वमा गएको नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको सुरक्षा टोलीले गतहप्ता २१ मानव कङ्काल खोज सङ्कलन गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख डीएसपी अवदेश विष्टले पहिचान भएका १५ वटा कङ्काल स्थानीयस्तरमै बुझाइएको र पहिचान हुन सकेको ६ वटा मानव कङ्काल हेलिकोप्टरबाट काठमाडौं पठाउने बताए ।
गणपतिको कमान्डमा गएको सरुक्षाटोलीले काठमाडौंको एलोगोम्बाबाट आफ्नो थातथलोमा फर्केका लाङटाङवासीलाई सरुक्षाको प्रत्याभूति गराउनुका साथै सहज जीविकोपार्जन गर्ने वन, वनस्पति, वन्यजन्तु, जैविक विविधताको संरक्षणमा ध्यान दिने विषयमा प्रशिक्षण समेत दिएको थियो ।
Loading...