Latest News

रुकुममा १५ वर्षमै युवायुवतीले धमाधम विहे गर्न थालेपछि…

marriageरुकुम, २८ असोज । रुकुमको उत्तर पश्चिमी गोतामकोट गाविसमा ७१ प्रतिशत बालविवाह हुने गरेको पाइएको छ ।
जिल्ला बालसंरक्षण अधिकृत मानवीर ओलीका अनुसार गोतामकोटमा यस वर्षमात्रै ५८ जोडीले विवाह गरेका छन् । तीमध्ये ४१ जोडीको बालविवाह भएको छ ।
रुकुममा बालविवाह मुख्य चुनौती बनेको भन्दै यस्तो विवाहलाई कानुनी कारबाही हुने बालअधिकार अधिकृत वलीले बताउनुभयो ।
जिल्लाका दुर्गम गाविस स्यालाखदी, रन्मामैकोट, चुनवाङलगायतका गाविसमा बालविवाह हुने गरेको पाइएको छ । १८ वर्ष पूरा नगरी गरिने विवाहलाई बालविवाह भनिन्छ ।
जिल्लामा बालबालिकासम्बन्धी विभिन्न कार्यालय भए पनि दुर्गम क्षेत्रमा विभिन्न चेतनामूलक कार्यक्रम प्रभावकारी नभएका कारण बालविवाह बढ्दै गएको बताइएको छ । रासस
Loading...