Latest News

चिनले ब्रम्हपुत्रको ड्याम र नेपालले कोशीको ढोका खोलिदिएर भारत नै तहसनहस पार्न सकिने

world-china-operationalises-biggest-dam-on-river-brahmaputra-in-tibet-india-worried-online-news-in-hindi-indiaनेपालमा नाकाबन्दी लगाएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वभरि अलोकपियता कमाइरहेका बेला भारतलाई धक्का दिने गरी चीनले ब्रम्ह पुत्र नदीमा ड्याम बनाएर विश्वलाई चकित बनाएको छ ।
विश्वशक्तिका रुपमा उदाएको चीनले भारतविरुद्ध स्लो प्वाइजनका रुपमा आफ्नो रणनीति अपनाइ रहेको छ । संसारको सबैभन्दा अग्लो स्थानमा निर्माण भएको ब्रम्हपुत्र नदीको परियोजना नौ अर्व ६० करोड युआन अर्थात एक अर्व ५० करोड डलरमा तयार भएको छ ।
यो तिव्वतमा निर्माण भएको सबैभन्दा ठूलो जलविद्युत परियोजना पनि हो । यसबाट उत्पादन हुने विद्युतले तिव्वतको एक तिहाइ विद्युत मागलाई एक्लैले पूरा गर्नेछ।
विश्वको छाना भनेर चिनिने तिव्वतको ३३०० मिटरको उचाइमा बनेको यो आयोजना चीनको हाउनेन समूहले बनाएको हो । तिव्वतमा यारलुङ जाङबु नदीले चिनिने यही नदी बग्दै भारत र बंगलादेशसम्म पुग्छ । भारतमा यो नदीलाई ब्रम्हपुत्र भनेर चिनिन्छ ।
सहनान प्रिफ्केचरको ग्याचा गाउँमा बनेको यो जलविद्युत् परियोजना निर्माण सम्पन्न भएपछि भारतलाई भने टाउको दुःखाइ बनेको छ ।
ब्रम्हपुत्रको शिरमा बनेको ड्याम ‘युद्ध’ जस्तो समयमा खोलिदिए भारत नै तहसनहस हुने भन्दै भारतमा यस्को विरोध भएको हो ।
चीनले भने यो आयोजना ‘रन अफ दि रिभर’ भन्दै यसबाट भारतलाई कुनै क्षति नहुने जानकारी दिएको छ । चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले परियोजनाबाट भारतलाई कुनै पनि समस्या नहुने बताइन् ।
सन् १९७२ देखि अध्ययन थालिएको यो परियोजना निर्माणका लागि सन् २००९ मा गेजुवा समूहलाई छानिएको थियो ।
यसबाट सन् २०१४ को नोभेम्वर २३ मा पहिलो युनिटबाट विद्युत् उत्पादन थालिएको थियो। परियोजनामा ८५ मेगावाटका छ वटा युनिट लगाइएको छ ।
परियोजनालाई वातावरण मैत्री बनाउन माछा हिंड्ने छुट्टै बाटो बनाइएको छ । जसका लागि कम्पनीले करोडौं रुपैयाँ खर्च गरेको छ ।
त्यसैगरी सिभरेज लगायतका विभिन्न काममा पनि कम्पनीले ठूलो रकम खर्च गरेको छ ।
अब चीनले यो ड्यामभन्दा माथि ६४० मेगावाटको दागु तथा ५६० मेगावाटको जेइचु र यो परियोजनाभन्दा तल ३२० मेगावाटको जियाचा ड्याम बनाउन अनुमति दिएको छ ।
११६ मिटर अग्लो र ३८९ मिटर लामो कंक्रिट ड्यामले यारलुङ जाङबु नदीको पानीलाई रोकेको छ ।
Loading...