Latest News

वैज्ञानिकहरुको चेतावनी ‘नेपालमा चाडै नै बैशाख १२ को भन्दा ठूलो भूकम्प जाने’

काठमाडौं, ९ कात्तिक । अफगानिस्तानमा गएको विनाशकारी भूकम्पले पाकिस्तान र भारतमा निकै ठूलो क्षति गएको बेला भारतीय वैज्ञानिकहरुले नेपालमा पनि फेरि ठूलो भूकम्प जान सक्ने चेतावनी दिएका छन् ।
बर्षाैदेखि स्थिर अवस्थामा रहेको भारत र पाकिस्तान जोड्ने हिमाली क्षेत्रको ‘भूकम्पीय जोखिमयुक्त भुभाग’ गत बैशाखमा नेपालमा आएको भूकम्पपछि सक्रिय भएको बैज्ञानिकहरुले बताएका छन् । नेपालको भूकम्पले यी जोखिमयुक्त भुभागमा ‘ट्रिगर फैक्टर’ अर्थात सक्रियता बढाउने काम गरिदिएको छ । वाडिया हिमालय भू विज्ञान संस्थानमा आयोजित हिमालय– कराकोरम– तिब्बत कार्यशालामा बैज्ञानिकहरुले भूकम्पीय जोखिमयुक्त भूभाग सक्रिय भएपछि फेरि भूकम्प आउने आशंका व्यक्त गरेका हुन् ।
साथै, नेपालमा अझै पनि ठूलो भूकम्प आउने आशंका गरिएको छ । ‘नेपालमा वैशाख १२ को भूकम्पमा भूगर्भको पूरा ऊर्जा बाहिर आउन पाएको थिएन् । यो ऊर्जा दक्षिण नेपालको गहिरो भूभागमा धेरै मात्रामा सञ्चित छ । जसका कारण अब दक्षिण भूभागमा ठूलो भूकम्प जान सक्ने खतरा छ ।’- वैज्ञानिकहरुले भनेका छन् ।
नेपालको आवादी क्षेत्र तराईमा थुप्रै जनसंख्या भएको र त्यहाँ नै भूकम्प जाने सम्भावना बढी भएकाले शतर्कता अपनाउन वैज्ञानिकहरुले नेपाल सरकारलाई समेत सुझाव दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बैज्ञानिकहरुले यो पनि भनेका छन् कि भूकम्प आउनुभन्दा पहिला ठूलो परिमाणमा राडान ग्यास जमिनबाट बाहिर निस्कन्छ । जसले भूकम्प आउन लागेको कुरा पहिला नै अनुमान लगाउन सकिन्छ । भूगर्भ बैज्ञानिक डा. वीसी ठाकुरले भनेका छन्– नेपालको तराईदेखि भारतको बिहारसम्मको भूभागमा ठूलो भूकम्प आउने सम्भावना बढी छ । यो क्षेत्रमा थुपै्र उर्जा सञ्चित छ । जो स्थानान्तरण हुने क्रममा छ ।
यो क्षेत्रमा पहिला पनि भूकम्प आएको बताइएको छ । र, अब ठूलै आउने आंशका गरिएको छ । यसको साथै अन्य बैज्ञानिकहरुले पनि हिमाली क्षेत्रमा भूकम्पको जोखिम सक्रिय भएकाले सतर्क रहन सुझाव दिएका छन् । जसमा बैज्ञानिकहरु योगेन काई, विनित के गहलौत, टीना एम नीमी, मोना लिसा, सप्तऋषि डे, साइमन क्लेमरर, सोमा नाथ सप्तकोटा, देव जीत हजारिका रहेका छन् ।
Loading...