Latest News

चीनसँग नजिक भएपछि एमाओवादीमा यसरी खेल्यो भारतले ‘गन्धा खेल’

काठमाडौं, १ कात्तिक । भारतको अघोषित नाकाबन्दीका बीच नेपालमा गठन भएको नयाँ सरकारका लागि मन्त्री छान्न एमाओवादीमा खेल सुरु भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको एक साता वितिसक्दा पनि एमाओवादीले मन्त्रीको टुङ्गो लगाउन सकेको छैन् । जहाँ बाबुराम भट्टराई पक्षीय नेताहरुले मन्त्री नपाए पार्टी नै फुटाउने धम्की समेत दिइरहेका छन् ।
यसै क्रममा एमाओवादीमा गृह मन्त्रालयलाई लिएर भारतले ‘गन्धा’ खेल खेल्न सुरु गरेको छ । गएको विहीबार महासचिव कृष्णबहादुर महरालाई उपप्रधान तथा गृहमन्त्री बनाउने निर्णय गरेको एमाओवादीले त्यो निर्णय दुई दिनमै परिवर्तन गरेको थियो ।
भारतबाट एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गृहमन्त्रीको निर्णय फेर्न चर्काे दबाब आएको एक नेताले खुलासा गरेका छन् । एमाओवादीका केन्द्रीय सदस्य समेत रहेका ती नेताका अनुसार उपप्रधान तथा गृहमन्त्रीमा सिफारिस गरिएका महासचिव महरालाई हटाउन भारतले दुई तरिकाबाट दबाब दिएको थियो । पहिलो महरालाई चीनसँग नजिक भएको भन्दै सिफारिस निर्णय सच्याउन प्रचण्डलाई दबाब दिएको थियो । किनकि चीन नजिक हुँनु भनेको भारतविरोधी हो भनेर बुझिन्छ ।
Prachanda-china-ambessar
चिनियाँ राजदूतसँग भेटवार्ता गर्दै प्रचण्ड
दोस्रो तरिका अनुसार एमाओवादीका बाबुराम पक्षीय नेताले पार्टी फुटाउने धम्की दिनु हो । भारतसँग नजिकको सम्बन्ध भएका बाबुरामकै निर्देशनमा उनका नेता टोपबहादुर रायमाझीले आफूलाई उपप्रधान मन्त्री बनाएर एमाओवादीबाट सरकारको नेतृत्व गर्न नदिए पार्टी फुटाइदिने धम्की दिएका थिए । जसका कारण पनि महासचिव महरालाई उपप्रधान तथा गृहमन्त्री हुन दिइएन् ।
महरालाई गृहमन्त्री नबनाउने निर्णयपछि भारत र बाबुरामको जित भएको ती केन्द्रीय सदस्यको विश्लेषण छ । उनले भने– ‘भारतले पोलिटिक्समा कसरी खेल्दो रहेछ भन्ने कुरा अहिले आएर प्रत्यक्ष देख्न पाइयो ।’
उनका अनुसार भारतले महरालाई गृहमन्त्रालय नदिन भनेपछि उनको ठाउँमा अरु नेतालाई अगाडि सार्ने तयारी भइरहेको छ । उपप्रधानमन्त्री बनाएर एमाओवादीबाट सरकारको जिम्मेवारी भने बाबुराम पक्षीय नेता टोपबहादुरले पाएका छन् । जून भारत र बाबुरामले चाहेका थिए ।
यता महासचिव महराले भने पार्टी्भित्र मन्त्रीको लागि फोहरी खेल सुरु भएकाले आफूलाई लाज लागेको भन्दै पछाडि हटेको प्रतिक्रिया जनाइसकेका छन् । भारतले प्रधानमन्त्री ओली र एमाओवादी अध्यक्ष प्रचण्डको एकतालाई टुटाउन विभिन्न शक्तिको प्रयोग गरी खेल खेलिरहेको छ ।
Loading...