Latest News

४० जना मार्ने तथा नाकावन्धी गर्ने मधेसी मोर्चाका नेतालाई किन जेल नहाल्ने ? कृपया सक्दो शेयर गरीदिनुहोला !!

United Democratic Madhesi Front Upendra Yadav, Mahantha Thakur and Rajendra Mahatoकाठमाडौँ , भारतले लगाएको नाकाबन्दीका कारण सिंगो मुलुक अहिले अक्रान्त छ । भारतले मधेसी मोर्चालाई देखाएर असुरक्षाका कारण सामान ढुवानी असहज भएको बताउँदै आएको छ । घटनाक्रमलाई हेर्ने हो भने मधेसी मोर्चाका शीर्ष चार नेतालाई मानवताविरुद्ध अपराधमा जेल हाल्नु पर्ने हुन्छ ।
संविधान निर्माणका विषयमा बहस र छलफल गर्ने प्रशस्त ठाउँ भइरहेका बेला मधेसी मोर्चाले काँग्रेस, एमाओवादी, एमाले र फोरम लोकतान्त्रिकबीच भएको १६ बुँदे सहमतिबाट निउँ बनाए । एमाले नेता केपी शर्मा ओलीले ‘युपी र बिहार देखाएको’ भन्ने निउँदेखि ‘पागल’ भएको लिखित वक्तव्य जारी गरे । यससँगै उनीहरुले संविधान निर्माणको प्रक्रिया नै छाडेर आन्दोलन गर्न हिँडे । सद्भावनाका नेता राजेन्द्र महतो त काठमाडौँको दानापानी बन्द गर्ने घोषणा नै गरेर । काठमाडौँस्थित पार्टी कार्यालयसमेत बन्द गरेर मधेस झरे ।
जति गर्दा पनि आन्दोलनमा कार्यकर्ताबाहेकका आम सर्वसाधारण सडकमा नओर्लेपछि मधेसी मोर्चाका नेताले सोझा थारू उचाल्न पुगे । मोर्चाको औपचारिक बैठकले नै आन्दोलनमा ज्यान गुमाउनेलाई सहिदको सम्मान, ५० लाख नगद, परिवारका एक सदस्यलाई सरकारी नोकरी दिने वक्तव्य जारी ग¥यो । यसको सोझो अर्थ थियो, जे गर्दा पनि आन्दोलन नउठेपछि उनीहरु हिंसा भड्काउन चाहन्थे । कैलाली घटनामा सुरक्षाकर्मीलाई बर्बरतापूर्वक नमारिएको भए मधेस आन्दोलनमा यतिका व्यक्ति मर्ने थिएनन् । सुरक्षाकर्मीमाथि सिधै आक्रमण नगरुन्जेल सुरक्षाकर्मीले फायर नखोल्ने कुरा पटकपटक सत्तामा बसेर बुझेका मोर्चाका नेताले कैलालीमा घुसपैठ गरेको अब लाटा पनि बुझ्ने भइसकेको छन् । 
दोस्रो संविधानसभाको निर्वाचनमा सर्लाहीको आफूले सधैँ जित्दै आएकै निर्वाचन क्षेत्रमा तेस्रो भएका राजेन्द्र महतोले काठमाडौँको दानापानी बन्द गर्ने ल्याकत कसरी जुटाएका रहेछन्, अब बल्ल खुलासा भएको छ । भारतले सीमावर्ती क्षेत्रमा हिंसा भड्किएकाले असुरक्षा बढेको बताउँदै नाकाबन्दी गर्नु, त्यअघि कैलाली घटनापछि मधेसमा दैनिक तीनदेखि चारजनाका दरले प्रहरीको गालीले आन्दोलनकारीको ज्यान जानु संयोगमात्र होइन भन्ने अब घामजत्तिकै छर्लंग छ । त्यसभन्दा यता आएर नयाँ संविधान जारी भएपछि भारतले स्वागत नगर्नु मात्र होइन २४ घण्टामै दोश्रो विज्ञप्ति निकालेर सीमामा असुरक्षा बढेकाले ढुवानी असहज हुने संकेत गर्नु र त्यसको भोलिपल्ट राजविराजमा बैठक गरेर मोर्चाले सीमा नाका ठप्प पार्ने निर्णय गर्नु कागताली मात्र होइन ।
बालबालिकालाई २० रुपैयाँ दिएर सुरक्षाकर्मीलाई ढुंगा हान्न लगाउने । शान्तिपूर्ण आन्दोलन भनेर आव्हान गर्ने र भीड बढेपछि जानाजान सिधै सुरक्षाकर्मीसँग मुठभेड गराइदिने कार्यले यतिका मान्छेले ज्यान गुमाएका हुन भन्ने तथ्य जगजाहेर छ । अझै मधेसीवादी भनिएका दल र भारतसमेत मधेस आन्दोलनमा ४० जनाको ज्यान गएको भनेर राज्यसंग बार्गेनिङ गरिरहेको छ । वार्ताको पहिलो शर्त नै अहिले सहिद घोषणा गर्नु पर्ने, मृतकका आफन्तलाई क्षतिपूर्ति दिइनु पर्नेजस्ता माग तेस्र्याइएको छ । यो ४० लास नभएको भए भारतले के भन्थ्यो होला र मधेसी मोर्चाका नेताले के भनेर बार्गेनिङ गर्थे सोचनीय विषय छ ।
सादाजीवन उच्च विचारका मानवअधिकारवादी नेता कृष्ण पहाडीले नाकाबन्दीलाई मानवताविरुद्धको अपराध भनेका छन् । उनले भनेको मात्र होइन नाकाबन्दी मानवताविरुद्धको अपराध हो र यस्तो कार्य शत्रुलाई गर्न पनि हजारपटक सोच्ने गरिन्छ । पहाडीले भारतीय दुतावासमा ज्ञापन बुझाएर मानवताविरुद्धको अपराधमा उदत नहुन सुझाव दिइरहेका बेला मधेसी मोर्चा तीनहात उफ्रेर हामीले गरेका हो भनिरहेका छन् । मधेसी मोर्चाकै स्वीकारोक्तिले पनि नाकाबन्दी उनीहरुले गरेका हुन भने मानवताविरुद्धको अपराधमा मुद्दा चलाउन झन सजिलो हुन्छ ।
भारतविरुद्ध मुद्धा चलाउन अन्तर्राष्ट्रिय अदालत जानु पर्छ भने मोर्चाका नेतालाई नेपाली अदालतमै चलाउन सकिन्छ । मधेसी जनताका माग भनेको समानताको अधिकार हो, पछाडि पारिएकाले राज्यका निकायमा समावेशी सहभागिता हो, पहुँचका लागि जनसंख्याका आधारमा निर्वाचन क्षेत्र हो । सीमांकन सामथ्र्यसहितको हो । महोत्तरी, धनुषा, सर्लाही होस् वा बारा, पर्साका सर्वसाधारणलाई मोरङ, सुनसरी जहाँसुकै परोस् के मतलब, पश्चिमका थारू पहाडियासँगै मिलेर बस्न चाहन्छन् भने धनुषाका मधेसीको टाउको किन दुख्नु ?
भारतीय नाकाबन्दीको धरातलमा उभिएर मोर्चाका नेता कुर्लिन्छन् ४० को ज्यान लियो सरकारले । हाम्रा माग पूरा नगरिए नाकाबन्दी खोल्दैनौँ भन्दै कुर्लिन्छन् । राज्यका तर्फबाट वार्तामा बसेका नेता निहुरमुन्टी लगाएर फर्कन्छन्, यो भन्दा लाचारी अरु के हुन सक्छ ? राज्यले नाकाबाट हट अनि वार्ता हुन्छ, नत्र निर्दोष मधेसी जनतालाई पैसाको प्रलोभन देखाएर मार्न उक्साउँदा ४० जनाको ज्यान गएको र नाकाबन्दी गरी मानवताविरुद्ध अपराध गरेकाले मुद्दा चलाइन्छ भन्ने आँट गर्न सक्नुपर्छ । यदि अहिले उनीहरुलाई मुद्दा चलाउन नसक्ने हो भने यो भोलि जोसुकैले गर्न सक्छ अनि नेपाली स्वाभिमान सधैँ निहुरमुन्टी ‘न’ भइरहनेछ ।
(समाचार टिप्पणी)
Loading...