Loading...
जर्ज बेलट्राओ डी सिल्वेरालाई २३ वर्षको सजायँ सुनाइएको छ भने उनकी श्रीमती असाबेल पायर्स र महिला साथी ब्रुनालाई २०/२० वर्षको कैद तोकिएको छ । उनीहरुले एक महिलाको शवको परिकार तयार गरी छिमेकीहरुलाई बेचेको अभियोग प्रमाणित भएको छ । उनीहरुले अरु दुई जना महिलाको हत्या गरेको समेत स्वीकार गरेका छन् । त्यसबापत उनीहरुले निकट भविश्यमै थप सजायँ पाउनेछन् ।
अभियुक्तहरुले महिलालाई जागिर दिने लोभ देखाउँदै आफ्नो घरमा बोलाएर हत्या गरेका थिए । त्यसपछि उनको शवको परिकार बनाउँदै खाने र बेच्ने काम गरेका थिए । महिलाको हत्या गरी शव खाने ती व्यक्तिले आफूहरु पृथ्वीको सफाइ गर्ने तथा मानिसको संख्या घटाउने अभियानका सदस्य रहेको र सोही कारण आफूहरुले महिलाको हत्या गरेको बताएका छन् ।
Loading...
Social Buttons