Latest News

सुहागरातमा यी १० काम भुलेर पनि नगर्नुस् !!! सबेले जानीराख्नैपर्ने

काठमाडौं  । ‘सुहागरात’ भन्ने शब्द आफैमा रोमान्टिक छ । युवक-युवतीलाई यो शब्दले कल्पनामा डुवाइदिन्छ । किशोर अवस्था पार गर्दै गरेका युवाहरुलाई यो शब्दले काउकुती नै लगाउँछ । कतिपयले सुहागरातप्रतिको अधिक कल्पनाका कारण सुहागरातलाई रोमान्टिक भन्दा पनि तनावपूर्ण बनाउँछन् । यहाँ सुहागरातमा गर्न नहुने १० गल्तीको चर्चा गरिएको छ । यी १० काम सुहागरातमा भुलेर पनि नगर्नुस् ।
१ पार्टनरको सहमति विना यौन सम्बन्ध नगर्नुस्
अधिकाँश युवा युवतीलाई सुहागरात भनेको सेक्सकै लागि हो जस्तो लाग्छ । तर सुहागरातमा सेक्स अनिवार्य छैन । सेक्स सम्बन्धि नियम कानून नै नभएपनि पार्टनर तयार नभए सम्म सेक्सका लागि प्रयास गर्नु सुहागरातको मुड विगार्नु मात्र हुन सक्छ । सुहागरात भन्दैमा जवर्वस्ती सेक्स गर्नु त सम्बन्धलाई नकारात्मक बनाउनु मात्र हो ।

२ यौन कार्यमा हडबड नगर्नुस्
सुहागरातमा युवा युवतीले एक आपसको शरीरलाई राम्ररी बुझेका हुँदैनन् त्यसले गर्दा असहजता पैदा हुन सक्छ। कतिपयमा एक अर्काको नाङ्गो शरीर देख्ने बित्तिकै हडबड गर्ने समस्या समेत हुन्छ । सुहागरातमै पनि यौन क्रिडाका लागि पाकक्रिडाको भूमिका महत्वपूर्ण हुन्छ ।

३ रक्त श्रावको आशंका
अधिकाँश जोडीलाई भ्रम हुन्छ कि पहिलो यौन सम्बन्धमा स्त्रीलाई रक्तश्राव हुन्छ । रक्त श्राव नहुँदा केटीलाई मनमा डर हुने र केटालाई शंका हुने पनि हुन्छ । तर वास्तवमा पहिलो यौन सम्पर्कमा रक्त श्राव नहुन पनि सक्छ । किन भने स्त्रीको यौनाङ्गमा हुने झिल्ली अन्य कुनै कारणले टुट्यो भने यौन सम्पर्कमा रक्तश्राव हुँदैन।

४ जीवनसाथी प्रति शंका
कतिपय जोडी सुहागरातमा एक अर्कालाई शंकाको आँखाले हेरेर माहौल विगार्छन् । खासमा सुहागरातमा एक अर्काप्रतिको समर्पण र मायाँ बढाउने कोशिस गर्नु पर्छ नकि शंका । एक अर्काका विगतका कुरा नकोट्याउनुस् । एक अर्काप्रति यौन सम्बन्धबारे शंका भएमा सुहागरात सुहागरात जस्तो नबन्न पनि सक्छ ।

५ यौनाङ्गको आकार
कतिपय जोडीलाई यौनाङ्गको आकारले यौन आनन्दमा प्रभाव पर्छ भन्ने भ्रम हुन्छ । तर त्यो वास्तविकता होइन । पुरुषको लिङ्ग ठूलो आकारको भएमात्र मात्र यौन सन्तुष्टि दिन्छन् भन्ने भ्रम अनावश्यक मात्र हो । यौन सन्तुष्टि र लिङ्गको आकारको कुनै सम्बन्ध छैन ।

६ मदिरा सेवन नगर्नुस्
कतिपय युवाहरु सुहागरातमा मदिरा सेवन सम्त गर्छन् । यौनलाई जोशिलो बनाउनका लागि भन्दै सुहागरातमा नै मदिरा सेवन गर्नु असाध्यै गलत हुन्छ । जोश मानसिक अवस्थाबाट आउने हो अन्य पदार्थले होइन ।

७ कण्डोमको प्रयोग
सुहागरातमै कुनै पनि गर्भ निरोधक प्रयोग नगरी यौन सम्बन्ध राख्दा शुरुमै गर्भ रहने सम्भावना पनि हुन्छ । तसर्थ पार्टनरसँग सल्लाह गरेर कण्डोमको प्रयोगबारे विचार गर्नुस् ।

८ महिनाबारीको समय नभुल्नुस्
केटीहरुले महिनाबारीको समय भुले भने सुहागरात महंगो पनि पर्न सक्छ । सुहागरातका लागि हतार गर्नु अघि महिनाबारीको समय सम्झिनुस् र त्यसै अनुसार सावधान रहनुस् ।

९ शरीर सरसफाइ
सुहागरातलाई सेक्सको बारेमा मात्र बुझ्नु अघि शारीरिक सरसफाइ कायम राख्नुस् । अझ एक अर्कालाई आकर्षित गर्न विभिन्न पर्फ्युम वा बोडी स्प्रे समेत प्रयोग गर्नु राम्रो हुन्छ । शरीरबाट कुनै प्रकारको दुर्गन्ध पैदा भएमा वैवाहिक जीवनको शुरुवातमै एक अर्काप्रति अनाकर्षण हुन सक्छ ।

१० शरीरको मिलन मात्र होइन
सुहागरात केवल २ शरीरको मिलन मात्र होइन । यो मनको मिलन पनि हो र जीवनभरीको गाँठो कँस्ने दिन पनि हो । तसर्थ एक अर्काको भावना बुझेर मात्र शारीरिक कुरामा जानुस् । पहिलो रातको ब्यवहार जीवनभरी प्रभाव पार्ने हुन्छ ।
Loading...