Latest News

एनआरएनको अध्यक्षमा शेष घले भारी मतले विजयी, को–को ले जिते ?

काठमाडौं, २८ असोज । गैर आवासीय नेपाली संघ(एनआरएन)को सातौ अधिवेशनबाट अध्यक्षमा शेष घले पुनः निर्वाचित हुनुभएको छ ।
राजधानीमा बुधबारदेखि सुरु भएको एनआरएनको विश्व सम्मेलनले घलेलाई भारी मतले अध्यक्षमा निर्वाचित गरेको हो । अध्यक्षका अर्का दाबेदार टिबी कार्कीलाई ६ सय मत अन्तरले पराजित गर्दै घले दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो । घलेले ८६७ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कार्कीले २६६ मत पाएका छन् ।
यस्तै, एनआरएनको उपाध्यक्ष कुमार पन्त र भुवन भट्ट निर्वाचित हुनुभएको छ । महासचिवमा बद्री केसी, सचिवमा अर्जुन कुमार श्रेष्ठ, कोषाध्यक्षमा हिक्मत कार्की निर्वाचित हुनुभएको छ ।
यस्तै, अमेरिका संयोजकमा सोनाम लामा, उप संयोजकमा एसी शेर्पा निर्वाचित हुनुभएको छ भने गल्फ संयोजकमा डिबी क्षेत्री निर्वाचित हुनुभएको छ । गल्फ उप संयोजकमा उमेश अधिकारी र धर्मराज गिरीले बराबरी मत ल्याउनुभएको छ ।
Loading...