Latest News

यस्ता लक्षण देखिएमा क्यान्सर हुन सकछ !!! समयमै सचेत हुनुहोस्

एजेन्सी/नयाँदिल्ली । मानव जिवनको सबैभन्दा ठुलो सम्पत्ति उसको शरीर हो । शरीर स्वस्थ भए सबै कुरा त्यो मानवले हासिल गर्न सक्छ । एक अध्ययन अनुसार शरीरमा १३ अप्ठे्रो लक्षण देखिएमा क्यान्सर हुने सम्भावना बढी हुन्छ ।
अध्ययनका अनुसार १३ बुँदा एकैसाथ शरीर लागू हुन थाले क्यान्सर हुने प्रवल सम्भावना हुन्छ । क्यान्सर भएको थाहा पाउन यी बुँदाहरु याद गर्नुहोस ।
१) शरीरको कुनै भागमा सानो सानो घाउँ, त्यो परिवर्तन हुनु ।
२) गालामा सधै अप्ठेरो महसुस गर्नु । सधै खोकीरहनु ।
३) लामो समयसम्म खोकी वा आवाजमा असजिलो तथा भारी हुनु ।
४) मुख वा मसलमा परिवर्तन वा छालामा नयाँ धब्बा आउनु ।
५) खाना खादा वा पानी पिउँदा निल्ने बेला गालामा लगातार समस्या आउनु।
६) लगातार शरीर दुख्नु ।
७) मलद्धवार वा पिसाब फेर्दा हुने परिवर्तन।
८) मुख वा नाकबाट रगत आउनु ।
९) मलद्धारा वा पिसाब फेर्दा रगत आउनु ।
१०) भोक नलाग्नु र लगातार तौल घट्नु ।
११) लामो समयसम्म विना कारण खोक्दा खकार आउनु ।
१२) सधै थकाई लागेको महसुस हुनु ।
यी लक्षण देखा परेमा तुरुन्त स्वास्थ्य परीक्षण गराउनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । क्यान्सर पहिलो चरणमा उपचार हुन सक्ने डाक्टरहरु बताउछन् ।
Loading...