Latest News

मधेशीहरुले छिटै मधेशलाई अर्को देश घोषणा गर्नलागेको सनसनीपुर्ण खुलासा नेपालको माया चाहनेले सक्दो शेयर गरिदिनुहोला ।

नागरिक समाज पर्साले मधेसको सवाल तथा भावी रणनिती बिषयक अन्र्तक्रिया कार्यक्रम वीरगंज बसपार्क स्थित होटल शाह पाराडाईजमा सम्पन्न भएको छ । समाजकाका केन्द्रिय संयोजक सरोज कुमार कर्णको सभापतित्वमा सम्पन्न अन्र्तक्रिया कार्यक्रममा तराई मधेस सदभावना पार्टीका केन्द्रिय सहअध्यक्ष एवं पुर्व शिक्षामन्त्री रामचन्द्र कुशवाहाले प्रमुख तीन दल मधेस बिरोधी भएको भन्दै मधेसमा तिनै पार्टीलाई मधेस मुक्त बनाउनु पर्ने धारणा राखेका थिए । 
स्वभिमानी मधेसी जनताले असली र नक्कली मधेसीको पहिचान गरिसकेको हुनाले जारी मधेस आन्दोलनमा पुरै मधेसमा आन्दोलनको क्रममा देखिएको जनलहरले सो कुरा प्रमाणित गरेको दावी गर्नु भयो । प्रमुख तिन दल र वर्तमान सरकारले मधेसको माँग समयमै सम्बोधन नगरे भने बाध्य भएर मधेसी जनताहरु स्वतन्त्र मधेस देशकै लागि आन्दोलन गर्ने बताए । स्वतन्त्र नागरिक समाजका संरक्षक एवं पुर्व राज्यमन्त्री मोहनलाल चौधरीले मधेस आन्दोलन चलिरहेकै बेला सरकार बनाउने खेलमा लागेका फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय गच्छदारको कडा बिरोध गर्दै प्रधानमन्त्रीको निर्वाचनमा केपी शर्मा ओली र शुशिल कोईरालालाई मत दिने मधेसी नेताहरुलाई मधेसलाई धोका दिएको बताए ।

 नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य शिव पटेलले जारी मधेस आन्दोलन उत्र्कषमा पुगीसकेको हुनाले केही गलत तत्वहरुले आन्दोलनलाई बदनाम गर्ने तथा मधेसी नेताहरुको हातबाट आन्दोलन बाहिर गईसकेको खोकलो प्रचारबाजी गरिरहेको प्रति कडा आपति जनाएका थिए ।स्वभिमान,पहिचान र अधिकारको लागि भईरहेको आन्दोलनको मर्म र भावना बिपरित सरकार र प्रमुख तिन दलले मधेसी जनताको भावनालाई उपेक्षा गरे आउँदो दिन झनै भयावह हुने बताए । नेपालको ईतिहासमै हरेक १०÷१५ बर्षमा नाराहरु परिवर्तन हुने गरेका छन् । समयमै मधेसको माँग सम्बोधन गरिएन भने देश बिखण्डन तर्फ जाने खतरा रहेको बताए । नेपाल बार एशोसियन पर्साका पुर्व अध्यक्ष सुधिर कर्णले जारी मधेस आन्दोलन पार्टी मात्रको नभई जनताको आन्दोलन भएको बताए । राजनिती सहमतिकै आधारमा संबिधान सभालाई पुनः गठन गरी मधेसको माँगलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

 मधेस क्रान्ति चिन्तन प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र कुर्मीले वर्तमान सरकारले मधेसको अधिकार नदिए स्वतन्त्र मधेशकै लागि अगाडि बढनु पर्ने बेला आएको बताउदै मधेस मुक्तिको लागि सम्पुर्ण मधेस केन्द्रित दलहरु एक पार्टी वा एक मोर्चा नबनाए मुक्ति सम्भव नरहेको बताए ।
सरकारले माँग सम्बोधन गरेपनि मधेसमा आफनो शासन र आफनो प्रशासन नभए सम्म खोकलो संघियता लिएर मधेसको बिकास नहुने बताए । संघिय समावेसी मधेसी मोर्चा पर्साका नेता शशिकपुर मियाँले मधेसको माँगलाई सरकारले व्यवस्था गरिरहेको बेलामा सरकारलाई चुनौती दिदै वर्तमान सरकारले मधेसमा जनमत संग्रह गराए मधेसी जनताले एक प्रदेश , दुई प्रदेश , तिन प्रदेश होईन मधेस देशकै पक्षमा सवैले मतदान गर्ने दावी गर्नु भयो । मधेस केन्द्रित दलका केही नेताहरुले ढुलमुले पारा र सत्ता मोहको कारण सम्पुर्ण मधेसी जनताहरु बेला बेलाम अपमानित हुनुपर्ने कटु सत्य हामीले देखाका छौ ।
.
 मधेसका जनतालाई राज्यले जहिले पनि दोस्रो दर्जाको नागरिक र सौतेल व्यवहार गर्दै आएको बताए । राष्ट्रिय मधेस समाजवादी पार्टी पर्साका अध्यक्ष प्रेमबाबु पटेलले जारी मधेस आन्दोलनको मौका छोपी केही खस शाषकका गुलामहरुले कालो बजारी गरिरहेको बताउदै त्यस्ता गलत क्रियाकलापहरु अबिलम्ब रोक्न चेतावनी दिदै आचरण नसुधारे कडा कारवाही गरिने बताए । तराई मधेस राष्ट्रिय अभियानका केन्द्रिय सदस्य सिपु तिवारीले मधेसमा रहेका केपी ,कोईराला र प्रचण्ड लाई तह लगाउदै मधेस आन्दोलनमा आ आफनो तर्फबाट सक्रिय सहभगिता सहति नेतृत्वदायि भुमिका निर्वाह गर्न आग्रह गर्दै नक्कली मधेसीहरु संग सावधान हुन समेत आग्रह गरेका थिए । 
अन्र्तक्रिया कार्यक्रममा संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य राजकुमार यादव,अधिवक्ता पन्नालाल गुप्ता,प्रोफेसर प्रमोद कुशवाहा,ईन्जिनियर प्रमोद पटेल,सहरुम राउत गद्दी,तबरेज अहमद,मानव अधिकारकर्मी सुनिल कुशवाह,राजु गुप्ता,शिवजी सोनी, तमलोपा केन्द्रिय सदस्य जर्नादन यादव, सदभावना पार्टीका केन्द्रिय सदस्य मोहनलाल चौधरी,अधिवक्ता महेन्द्र प्रसाद,पुर्व एसपी हुनमान साह,पुर्व डिसपी सिताशरण कण्ठ,ईन्जिनियर मुन्ना सर्राफ,बैजनाथ कुशवाहा लगायतकाले जारी मधेस आन्दोलन प्रति एवं मधेसको भावी रणनिती सम्बन्धना आ आफना धारणा राखेका थिए । अन्र्तक्रिया कार्यक्रमको सहजीकरण मधेसी पत्रकार समाज पर्सा अध्यक्ष संतोष पटेलले गरेका थिए ।
Loading...