Latest News

भारतमा मोदीको शासनले अल्पसंख्यक भारतीयहरु बाँच्नै नसक्ने अवस्थामा

एजेन्सी –अघिल्ला सरकारले झैं मोदी सरकाले पनि १३ महिनाअघि चुनाव जितेलगत्तै ‘स्वच्छ भारत’, बेटी बचाओ, बेटी पढाओ, मेन इन इन्डिया, जनधन योजना जस्ता अभियान सुरु गरेको थियो । तर, इन्डिया टाइम्सकी मुग्धा कपुरका अनुसार भारतीय जनता पार्टीको सरकाले राष्ट्रिय स्वयंसेवक र शिवसेनालाई गरेको अन्धसमर्थनले भारतमा असहिष्णुता बढेको छ । जसका कारण त्यहाँका अल्पसंख्यक यस्ता १० कारणले संकटमा परेका छन्ः
१. गाईको मासुमाथि प्रतिबन्ध । नियम उल्लंघन गर्नेलाई १ लाखसम्म जरिवाना र जेल ।
२. गाईको मासु खाएको निहुँमा उत्तर प्रदेशमा एकको हत्या भयो । गाईको मासु खानु भारतमा सामान्य हो । तर मोदी सरकारको नीतिका कारण अहिले भारतमा गाईको मासु खानले ज्यान गुमाउनु पर्ने अवस्था छ ।
३. मोदी सरकार अहिले रक्सीमा पनि प्रतिबन्ध लगाउने तयारीमा छ ।
४. पोर्नमाथि प्रतिबन्ध लगाउने मोदीको योजना २४ घण्टामै असफल भयो ।
५. मोदीका कार्यकर्ताले वरिष्ठ कुटनीतिज्ञ सुधीन्द्र कुलकर्णीमाथि मसी छ्यापे । कालो अनुहार लिएरै उनले सरकारको विरोध गरे । उनले पोतिएको अनुहारबाटै एक सार्वजनिक कार्यक्रममा सहभागी बने ।
६. अहिले भारतमा पाकिस्तानी कलाकारहरु पनि खतराको सूचीमा छन् । शिवसेनाले पाकिस्तानी गजलकार गुलाम अलीको कार्यक्रममा रोक लगायो ।
७. मूर्तिपूजाको विरोध गर्ने प्रोफेसर कालबुर्गीको भारतमा हत्या गरियो । भारतमा अब हिन्दुको विरोध गर्ने जो कोही मारिन सक्छन् भन्ने यो एक उदाहरण बनेको छ ।
८. हिन्दुवादी नेता मोदी प्रधानमन्त्री भएपछि भारतका चर्च, मस्जीद संकटमा छन् । गत वर्ष आम निर्वाचन अघि देशका विभिन्न स्थामा रहेका चर्चमा हमला भएको थियो ।
९. मोदीले फिल्ममा पनि अंकुश लगाएका छन् । बजरंगी भाइजान र पिकेविरुद्ध पनि मु्द्धा दायर भएको थियो ।
१०. मोदीले गरिब गैरहिन्दुहरुलाई हिन्दु बनाउने अभियान चलाए । तर त्यो पनि असफल भयो ।
Loading...