Latest News

‘प्रधानमन्त्री निर्वाचनमा सुशील कोइरालालाई पेस्तोल तेर्साइएको सनसनी खुलासा !!!

भक्तपुर, ८ कात्तिक– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री निर्वाचनमा कांग्रेस सभापति सुशील कोइरालालाई पेस्तोल तेर्साएर प्रधानमन्त्रीको उम्मेदवार बन्न बाध्य पारिएको बर्ताएका छन् ।
राष्ट्रपति निवासमै उनलाई प्रधानमन्त्रीको उम्मेदवारी दिन दबाब दिइएको बताउँदै बिजुक्छेले भने, ‘मलाई कांग्रेसकै साथीले भनेका छन्, उम्मेदवारी दिन कोइरालालाई पेस्तोल तेर्साइएको रहेछ ।’
बिजुक्छेले भारतलाई संबेत गर्दै नेपाली नेताहरुलाई भारतले नोकर र मालिकको जस्तो व्यवहार गर्दै आएकोमा आक्रोश पोख्दै भने, ‘नेपाल र नेपाली नेताहरुलाई भारतले नोकर र मालिकको जस्तो व्यवहार गर्दै आएको छ, त्यसकाविरुद्ध युवा पुस्ता जाग्नुपर्छ ।’
त्यस्तै, बिजुक्छेले नाकाबन्दीबाट सिर्जित पेट्रोलियम पदार्थको अभाव टार्न विद्युतीय सवारीसाधन भित्र्याउन सरकारको ध्यानाकर्षण गराएका थिए ।
Loading...