Latest News

चीनसँगको सम्झौतापछि भारत झस्कियो !!!आज मात्रै इन्धन बोकेको ६७ गाडी नेपाल भित्रिए

Oil-tanker-Nepal-India
पथरी (मोरङ), १३ कात्तिक । विराटनगरको रानी भन्सार नाकाबाट इन्धन बोकेका ६७ गाडी आज नेपाल प्रवेश गरेका छन् ।
विराटनगर भन्सार कार्यलयका सूचना अधिकृत राजेन्द्र ढुङ्गानाका अनुसार जोगवनी नाका हुँदै आज मध्याह्नसम्ममा डिजेलका ५५, पेट्रोलका आठ र ग्यासका चारवटा गाडी नेपाल प्रवेश गरेका हुन् ।
सूचना अधिकृत ढुङ्गानाले गत बुधबार बेलुका ५३ वटा इन्धनका गाडी भित्रिएको समेत जानकारी दिनुभयो । उहाँले इन्धन आपूिर्त अझै सहज नभएको बताउनुभयो । रासस
Loading...