Latest News

एमाओवादीले दियो एमालेलाई कडा चेतावनीः "पासाङ उपराष्ट्रपति नबने जे पनि हुन सक्छ "!!!

काठमाण्डु, १४ कात्तिक– एमाओवादीले एमालेका केही नेताहरूले चाहे जसरी उपराष्ट्रपतिमा नन्दबहादुर पुन ‘पासाङ’ को सट्टा अर्को उम्मेदवार दिन नसक्ने बरु पराजित भएमा सरकार नै छोड्ने निष्कर्ष निकालेको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले उपराष्ट्रपतिमा पुनको सट्टा साना दलका तर्फबाट मधेसी वा थारुको प्रतिनिधि हुनेगरी उम्मेदवारी दिनुपर्ने धारणा राखेपछि एमाओवादी स्थायी समितिले यस्तो अडान राखेको हो । शुक्रबार बिहान बसेको स्थायी समितिको बैठकले यस्तो निष्कर्ष निकालेपछि बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीको उपराष्ट्रपतिमा पुनको विकल्प दिन नसक्ने जानकारी गराएका थिए । शनिबार बिहान ११ बजेदेखि २ बजेसम्म हुने उपराष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट पुन र प्रतिपक्षी दल कांग्रेसका तर्फबाट अमियकुमार यादव प्रतिस्पर्धी छन् । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बिहीबार बिहान बसेको उच्चस्तरीय संयन्त्रको बैठकमा समेत पुनको सट्टा अर्को उम्मेदवार दिनुपर्ने धारणा राखेको स्रोतले बतायो । एमाले नेतृत्व उपराष्ट्रपति मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, नेकपा संयुक्तलगायतका साना पार्टीलाई दिनुपर्ने पक्षमा छ । –अन्नपूर्ण पोस्टबाट 
Loading...